• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, पुष २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

पशुपति र मिस्टर डी आउने भएपछि मेलामा दर्शकको घुइँचो


नवलपुर, २८ फागुन ।
नवलपुरको गैँडाकोटमा जारी औद्योगिक व्यापार मेलामा कलाकार पशुपति शर्मा र मिस्टर डी आउने भएपछि आज दर्शकको घुइँचो लागेको छ । मेलामा आज आइतबार दिउँसोभन्दा साँझपख दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको महोत्सव आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीले बताए ।

अधिकारीकाअनुसार प्रथम गण्डकी औद्योगिक व्यापार मेला–२०७९ मा आइतबार ११ हजार बढी दर्शकको उपस्थिति रहेको अधिकारीले बताए । मेला सकिन अब तीन दिनमात्रै बाँकी रहेको भन्दै अधिकारीले मेलाअवधिभर दर्शकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय सामग्रीसहित विविध सांस्कृतिक कार्यक्रमबाट मनोरञ्जन प्रदान गरिएको बताए । गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी औद्योगिक व्यापार मेला चैत १ गतेसम्म सञ्चालन हुने भन्दै अधिकारीले मेलाको एक लाख बढी दर्शकले अवलोकन गर्ने दाबी गरे ।

मेलाको सांस्कृतिक कार्यक्रम अन्तर्गत आइतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका शर्मिला बिसी, ¥यापर मिस्टर डीसहित अन्डरग्राउण्ड डान्स स्टुडियोका कलाकारहरुको प्रस्तुती रहेको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । सांस्कृतिक कार्यक्रममा पशुपति शर्माले आफ्नो चर्चित गीतहरुसहित शर्मिला बिसीसँग प्रत्यक्ष दोहोरी गायका लम्सालको भनाइ छ । सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार अस्मिता अधिकारी, अनु रानामगर, राशि रिजाललगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।

आइतबारको सांस्कृतिक कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मनबहादुर आलेमगर प्रमुख अतिथिकोरुपमा उपस्थित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाकोरुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ ।

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा यस महोत्सवले सघाउ पु¥याउने बताए । महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टर रहेका भट्टचनले बताए । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुरलाई छनोट गरिएको उनको भनाइ छ ।

‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला प्रवेशका लागि सर्वसाधारलाई ८० रुपैयाँ तथा विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको भट्टचनले बताए । ११ दिनसम्म सञ्चालन हुने मेलामा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
याे समाचारकाे भिडियोका लागि यहाँ क्लिक गर्नुहाेला ।

आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.