चितवन । भरतपुर–४ लङ्कुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत् अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञमा भोलि शुक्रबार सहरी विकास मन्त्री विक्रम पाण्डे आउने भएका छन् ।
जारी दोस्रो चरणमा सुप्रसिद्ध कथावाचक ईश्वर कृष्ण महाराजले प्रवचन गरिरहेका छन् । १५ दिने महायज्ञको आज तेह्रौं दिन चलिरहँदा अहिलेसम्म नगद र बोलकबोल गरी झन्डै २ करोड ८५ लाख रुपैयाँ रकम संकलन भएको महायज्ञ सम्पादन सचिव रामचन्द्र सापकोटाले जानकारी दिए ।
देशका प्रमुख सन्तमहात्माहरू, शैक्षिक, राजनैतिक, सामाजिक व्यक्तिहरूको उपस्थिति भइरहेको महायज्ञको आजको कार्यक्रममा शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, पूर्व सांसद कृष्णभक्त पोखरेल, गोविन्द कंडेल, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिस्टार प्राडा भीमराज अधिकारी, गण्डकी नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाज लगायतको उपस्थिति रहेको थियो । महायज्ञ फागुन ६ गते शिवरात्रिका दिन समापन हुँदैछ।



