• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

डिपेन्डेन्ट भिसामा कसरी जाने अष्ट्रेलिया ?


अष्ट्रेलियामा जाने नेपाली विद्यार्थी मध्ये तिस प्रतिशत डिपेन्डेन्ट भिसा मा रहेको अनुमान छ । डेपेन्डेन्ट भिसाअर्थात विद्यार्थी सपरिवार बसेका छन् । अष्ट्रेलियाको कानुनी परिभाषाअनुसार परिवारभित्र पति, पत्नी र छोराछोरी पर्छन् ।

अध्ययनमा गएका विवाहित नेपाली पुरुष या महिलाले पाउने अतिरिक्त सुविधा हो- ‘डेपेन्डेन्ट भिसा’ । एक वर्षभन्दा बढी समयका निम्ति ब्याचलर डिग्री, ब्याचलर अनर्स, मास्टर्स, मास्टर्स रिसर्च वा पीएचडी गर्न जाने विद्यार्थीले यो सुविधा पाउने गरेका छन् ।

परिवारसँगै रहेर शिक्षा र अन्य अवसर हात पार्ने मेसो यो प्रक्रियाले दिएको छ । विवाहित पत्नी होस् या पति जो पहिले अस्ट्रेलिया गएको छ या सँगै जान सक्छन् । अथवा पछि विवाह गरेर जान पनि सक्छन् । ‘परिवारका सदस्य मात्रले विद्यार्थी सँगै वा पछि छुट्टै आवेदन दिन सक्छन्, । ‘यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समयको कोर्स पढ्न जाँदै छ भने आफ्नो परिवारबाट टाढा रहन नपरोस् भनेर दिइएको सहुलियत हो ।’

भिसा प्रक्रियाको सुरुमै विभिन्न प्रमाणित कागजागतहरू पेस गर्नुपर्ने हुन्छ । जसमा विवाह दर्ता प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाहको फोटो, घरजग्गाको आधार, संयुक्त बैंक खाता, विभिन्न चाडबाड सँगै मनाएको भिडियो, सीडी, भीसीडी, फोटो आदि पर्छन् ।

त्यसैगरी पति र पत्नीबीच हुने सम्बन्धजन्य फोन, इमेल, स्काइप, कुराकानी, विवाह वाषिर्कोत्सवको मितिजस्ता सम्बन्ध कायम रहेको प्रमाणहरू आवश्यक रहन्छ । सबै प्रमाण पुर्‍याएपछि डिपेन्डेन्ट व्यक्तिको भिसा प्रक्रिया सुरु हुन्छ । आफ्नो बालबच्चा रहेमा उसको समेत सबै कागजात रुजु हुनुपर्छ । भिसा शुल्क, स्वास्थ्य परीक्षण प्रमाणपत्र सबै जुटाउनुपर्ने छ ।

विद्यार्थीले मास्टर्स या त्योभन्दा माथिको कोर्स पढ्दै गरेको भएमा डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया गएका परिवारका सदस्यले पूर्णकालीन काम गर्न पाउँछन् । मास्टर्सभन्दा तल्लो तहको अध्ययन गरेको भएमा परिवारका सदस्यले सातामा २० घन्टाको दरले काम गर्न पाउँछन् ।यसैगरी विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँछन् । छुट्टीको समयमा पूरै काम गर्न पाउँछन् ।

श्रम कानुनअनुसार प्रत्येक कामदारले अस्ट्रेलियन १६ डलर पारिश्रमिक पाउँछन् । कामको प्रकृतिअनुसार त्योभन्दा बढी पनि आर्जन गर्न सक्छन् । अध्ययन भिसा नेपालबाट अस्ट्रेलियाको कलेज र युनिभर्सिटीमा भर्ना हुने प्रक्रिया हो । प्लस टु, स्नातक या मास्टर्स सकेको छ र थप अध्ययन गर्न जान चाहन्छ । भाषाको परीक्षा चार किसिमको मध्ये कुनै एक दिनुपर्छ । IELTS (इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम) पढेकै हुनुपर्छ ।

पढेको तहको सर्टिफिकेट, भाषाको रिजल्ट, अनुभव भएमा त्यसको सर्टिफिकेटसहित कलेज युनिभर्सिर्टीको आवेदन फाराम भरिन्छ । भाषा टेस्टको नियम भने कलेज युनिर्सिटी र कोर्सपिच्छे स्कोर (प्राप्तांक) फरक फरक हुन सक्छ । यी सबै कागजातसहित आवेदन दिएपछि कलेज युनिभर्सिटीले या त स्वीकार गर्छ र अफर लेटर (अफर अफ अ प्लेस) पठाउँछ ।

विश्वविद्यालय छनोट, विषय स्पष्टता, विषयको गरिमा, समय अवधि, अस्ट्रेलियामा पढेको कुन कोर्स नेपालका निम्ति पनि काम लाग्छ अथवा त्यो विषयको विश्व बजार (स्कोप) कस्तो छ भन्नेबारे जानकारी लिनैपर्छ । आफ्नो योग्यता, रुचि, चाहनाबारे प्रस्ट हुन जरुरी छ । त्यसनिम्ति परामर्श दातृ निकाय वा अनलाइनबाट जानकारी लिन सकिन्छ ।

अफर लेटर प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकले आर्थिक रूपमा अस्ट्रेलियामा विद्यार्थीले जान, आउन, पढ्न, खाना, बस्न लाग्ने सम्पूर्ण खर्च बेहोर्न सक्ने गरी नेपालको दुईमध्ये कुनै एक बैंक (एसबीआई र नबिल बैंक) मा तीन महिनाअघिदेखि रकम जम्मा रहेको प्रमाण वा रकम नभएको खण्डमा तिनै दुई बैंकबाट शैक्षिक कर्जा लिएको प्रमाण पेस गर्नुपर्छ ।

सेयर गर्नुहोस

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

भर्खरै

  • १.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ४.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ८.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.