गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनमा सामाजिक विषय शिक्षक हरुको दुई दिने क्षमता विकास तालिम बिहीबार नारायणी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका शिक्षा समिति सदस्य डोलराज पाण्डेले दुई दिन सम्म सिकेका अभ्यास तथा शिक्षण विधिलाई आफ्नो विद्यालयको कक्षा कोठा मा प्रयोग भएमा मात्र तालिम सफल हुने कुरा बताउनु भयो । कार्यक्रममा शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल , सहजकर्ता बुद्धि बहादुर खड्का , तालिममा सहभागीको तर्फबाट इन्द्रिरा घिमिरे लगयतले शुभकामना मन्तव्य राख्नु भएको थियो । समापन कार्यक्रम नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको थियो । दुई दिन सम्म संचालित सो तालिममा नगर स्तरीय सामाजिक विषय विषयगत समितिका संयोजक जगन्नाथ उपाध्याय , जनक नमुना माध्यमिक विद्यालय का सामाजिक शिक्षक गीता थापा , सामाजिक अध्ययन तथा अनुसन्धान समाज चितवन जिल्ला अध्यक्ष बुद्धि बहादुर खड्काले सहजीकरण गर्नुभएको थियो ।
गैंडाकोटमा आधारभूत तह (कक्षा ६ देखि ८) मा सामाजिक विषयअध्यापनरत शिक्षकहरुको क्षमता विकास तालिम सम्पन्न
गैंडाकोटमा आधारभूत तह (कक्षा ६ देखि ८) मा सामाजिक विषयअध्यापनरत शिक्षकहरुको क्षमता विकास तालिम सम्पन्न
तपाईको प्रतिक्रिया



