नारायणगढ – नारायणगढको हङकङबजारस्थित चित्रकथा बुटिकले ग्राजुएसन रनवे गर्ने भएको छ ।
माघ १२ गते ‘चित्रकथा ग्राजुएसन रनवे’ रनवे गर्न लागिएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रम भरतपुर महानगरपालिका ४ स्थित स्वाद सदन पार्टी प्यालेसमा १२ गते गते साँझ हुनेछ ।
उक्त कार्यक्रम मार्फत १४ जना फेसन डिजाईनरहरु दिक्षित हुने बुटिककी सञ्चालक अनिता तामाङले जानकारी दिईन् । बुटिकले बुटिकले सञ्चालन गरेको एकेडेमीमार्फत अहिलेसम्म ५० जनालाई फेशन डिजाइनिङ सम्बन्धी सिप सिकाईसकेको छ । जस मध्ये १४ जना दिक्षित हुन लागेका हुन् ।
उक्त कार्यक्रममा दिक्षित हुने १४ जना डिजाईनरहरुले आफ्नो रचनात्मक डिजाईनहरु प्रस्तुत गर्नेछन् । चितवनकै १४ जना मोडलहरुले डिजाईनरको डिजाईनहरु उपस्थित दर्शकमाझ प्रस्तुत गर्ने कोरियोग्राफर सलिन श्रेष्ठले बताए ।
डिजाईनरहरुले वर्षभरी सिकाईमा गरेको लगानीको प्रतिफल कस्तो आउँछ भनेर सोही कार्यक्रममार्फत बुझ्ने अवसर पनि प्राप्त गर्ने सञ्चालक तामाङको भनाइ थियो । ‘उहाँहरुले वर्ष भरी पढ्दाको लगानीको नतिजा कस्तो आउँछ भनेर बुझ्ने अवसर पनि प्राप्त गर्नुहुन्छ’, उनले भनिन्, ‘त्यस कार्यक्रमपछि उहाँहरु पढाई सकेर आ-आफ्नो व्यवसाय गर्न सक्नुहुन्छ ।’
पत्रकार सम्मेलनमा फेशन डिजाईनिङ सम्बन्धी कक्षा लिएर दिक्षित हुने तयारीमा रहेका खैरहनी नगरपालिका १० कठारकी निशाना चौधरीले आफ्नो अनुभव सुनाएकी थिईन् । चित्रकथाबाट आफूमा भएको डिजाईनिङ सम्बन्धी कला पहिचान र आँफैले फरक किसिमको डिजाईन कसरी गर्ने भन्ने बारे सिक्ने अवसर पाएको उनले बताईन् ।
२०७४ सालमा स्थापित चित्रकथा ‘बुटिक अफ दि एयर २०१८’ र ‘पपुलर चोइस बुटिक अफ दि एयर २०१८’ बाट सम्मानित भएको थियो । बुटिकले बिभिन्न सौन्दर्य प्रतियोगिता तथा रनवेमा सहभागीता जनाउदै आएको छ । बुटिकले हाल ६ जना प्रत्यक्ष रोजगार दिएको छ ।



