चितवन : पुसमा उवासंघद्धारा नारायणी किनारमा चितवन महोत्सवको आयोजना गरिने भएको छ । तसर्थ महोत्सव गर्न फाहोरले पुरेर नारायणी किनार सम्याइएका छन् । तसर्थ त्यस कार्यको चौतर्फि विरोध भइरहेको छ ।
विगतका बाढीका कारण नारायणी किनारमा परेको खाल्डाखुल्डी सम्याउने काम भइरहेको हो । जस क्रममा भरतपुरबाट प्लाष्टिक जन्य फोहोर लगेर नदी किनारमा पुरिएको पाइएको छ ।
उक्त कार्यको विभिन्न सामाजिक संघसंस्थाहरुले विरोध गरेका हुन् । सरसफाइ तथा वातावरण संरक्षण अभियान्ताहरु शुक्रवार भरतपुर महानगरको कार्यालय अगाडि धर्ना बसेका थिए ।
नारायणीमा पुरिएको फोहोर निकालेर अन्यत्र लगि विसर्जन गर्न महानगरपालिकासँग माग गदै अभियान्ताहरु धर्ना बसेका हुन्।
१५० ट्याक्टर भन्दा बढी फोहोर लगेर त्यहाँ पुरिएकाले त्यसलाई तत्काल निकाल्नुपर्ने उनीहरुको माग छ ।