बैतडी,मंसिर ५-
बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार मृतकको संख्या बढ्ने सक्ने आशंका छ ।
उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरीबाहेक अरु पनि हुन सक्छ । उक्त जिपमा १४ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।