• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५. यस्तो छ आजको मौसम

आजदेखि मौन अवधि सुरु, उमेदवारको प्रचार गरे रु २५ हजार जरिवाना

njirbachan aayog

काठमाडौँ, मंसिर २–

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ ।

यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना गर्ने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको आयोगले जनाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहीबार बसेको बैठकले मंसिर १ गते राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने जनाउँदै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

बैठकले मौन अवधिमा निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई लेखी पठाउने निर्णय गरेको छ । मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायत निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ । बैठकले निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५.

  • ६.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ७.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.