• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

कालिकामा कृष्णभक्तको काम ३७ योजना, ६३ करोड ३५ लाख खर्च १३,


१३, कार्तिक, चितवन

चितवनको क्षेत्र नम्वरका सांसद कृष्णभक्त पोखरेलले पछिल्लो पाँच बर्षको अवधिमा कालिका नगरपालिकामा मात्रैं ६३ करोड ३५ लाखका ३७ योजना सम्पन्न गरेका छन् । विभिन्न कानून निर्माण महत्वपूर्ण योगदान गरेका सांसद पोखरेलले विकास निर्माणमा काममा पनि उत्तिकै प्राथमिकतामा राखेका छन्। कालिका नगरवासीको जीवनसँगै जोडिएको कयरखोला तटवन्धनका लागि सांसद पोखरेलको पहलमा १० करोडभन्दा बढी रकम बिनियोजन भई काम भइरहेको छ ।

 

कालिका शक्तिखोरदेखि तीनदोभान रन्तेष चेपागङ्गमार्ग स्तरोन्नतीका लागि साइड ड्रेन निर्माणमा ५० लाख, कालिका नगरपालिकामा नै रिङ्गरोड सडक कालोपत्रे निर्माण गर्न ५ करोड ५० लाख रुपैंया खर्च भएको नगरपालिकाले जनाएको छ । कालिकामा पर्ने कयर पुल निर्माणको लागि ४ करोड, सिन्ती पुल निर्माण गर्न एक करोड ५० लाख, शक्तिखोरबाट तीनदोभान सिद्धी बाटो १ करोड र शक्तिखोर चेपाँग छात्रावासकालागि १ करोड रुपैँया पोखरेलको पहलमा आएको थियो । कालिका नगरपालिका ६ ढोकुन थर्पलिग गुम्बाका लागि ५ करोड, मजवाग माविका लागि १ करोड, कालिका ११ को वर्थिग सेन्टरको लागि १ करोड, जुटपानी खानेपानी १९ करोड रुपैँया खर्च भएको छ ।

 

कालिका नगरपालिका शक्तिखोर छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङ सडक निर्माणको लागि १ करोड रुपैयाँको काम गरिएको सांसद कृष्णभक्त पोखरेलले बताए । यो सडक बन्दा छेवराङ्ग हात्तिबाङ्ग चौकीडाँडा भाराङका सयौं जनता लाभान्वित हुनेछन् । कालिका नगरपालिकाको गैंरीबारी उपरदाङगढी सडक निर्माण कार्यको लागि ३ करोड, वडा नम्वर २ र ३ को सिमाना बाटो निर्माण गर्नका लागि ३ करोड रुपैँया खर्च भएको छ । यसैगरी, प्रतिनिधि सभा सदस्यले वितरण गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विकासका कार्यक्रम अन्तर्गत पनि कालिका नगरपालिकामा धेरै काम भएका छन् । कालिका नगरपालिका वडा नं. ६ र रनपाको सिमाना बाटो निर्माणको लागि २५ लाख, कालिका–९मा सुलिटार कुलो निर्माणको लागि १५ लाख, कालिका–११ मा लालिवाङ खोलामा कल्भर्ट निर्माणको लागि २० लाख, कालिकामा मदन–आश्रित सामुदायिक सभागृह भवन निर्माणको लागि २० लाख रुपैयाँ बराबरको काम भएको छ । यसंैगरी कालिका–५ मा भिमवली बाबा मन्दिर संरुक्षण समिति थारू संग्राहालय एवम् सांस्कृति केन्द्र निर्माणमा ५० लाख रुपैयाँ बराबरको काम भएको छ ।

 

पोखरेलको पहलमा कालिका–८मा न्यूरेनी देविटार सडकस्तर उन्नतीको लागि ५० लाख, कालिका–५मा भिमोदय मा.वि. पुर्वाधार निर्माणमा १० लाख काम भएको छ । यसैगरी, कालिका–१मा रहेको गडुवा आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकासमा १० लाख, कालिका–२ मा रहेको साँगे कजुँवा गुम्वा निर्माणका लागि १० लाख,कालिका–३ मा बनकट्टा स्कुलदेखि पूर्व बाटो २०० मिटर पिचको लागि पोखरेलको पहलमा १० लाख खर्च भएको छ । कालिका–४ मा रहेको कविता न्यौपानेको घरदेखि पूर्वबाटो पिच कालोपत्रे १० लाख, कालिका–५ मा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको लागि १० लाख,कालिका–६ र ७ मा सडक नाला निर्माणका लागि २० लाख,कालिका–७ मा पृथ्वी मावि शाखा भवन निर्माणका लागि १० लाख, कालिका–९मा सुलिटार र सामफराङ खानेपानीका लागि १० लाख र कालिका–११ मा दामसिटारबाट तीनदोभान बाटो बनाउन १० लाख रूपैयाँ पोखरेलको पहलमा श्रोत व्यवस्थापन गरी खर्च भएको छ ।

 

कालिका–९ शक्तिखोरका स्थानीय हिम्मत पूरीले सांसद पोखरेल सांसद भएपछि कालिका नगरपालिका भित्रका अधिकांश सडकहरू कालोपत्रे भएको र कतिपय हुने क्रममा रहेको बताए । उनले नगरपालिका क्षेत्रको विद्यालयको भौतिक पूर्वाधार विकास, खानेपानी लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको बताए ।

आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.