धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले घरको नक्सा पास गर्न वा सम्पन्न पत्र लिनुअघि कम्तिमा पाँच विरुवा अनिवार्य रुप्नुपर्ने नियम लागु गरिने बताएका छन् । साम्पाङले आज फेसबुकमा एक स्टाटस राख्दै यस्तो बताएका हुन् ।
‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागु गरिनेछ’, उनले लेखेका छन् ।