काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शाखा अधिकृतको तलब एक लाख रुपैयाँ हुनुपर्ने बयान दिनु भएको छ । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको संकेत गर्दै उहाँले शाखा अधिकृतको तलब एक लाख रुपैयाँ हुनुपर्ने जस्तो अभिव्यक्ति दिनुभयो । कार्यक्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, ‘अन्त हैन आफ्नै तलबमा भर परेर काम गर्नपर्ने खालको परिस्थिति बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’ देशको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको उहाँले गुनासो गर्नुभयो । सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन उत्पादन वृद्धि गर्नुपर्ने, मुलुकको आम्दानी बढाउनुपर्ने उहाँको भनाइ छ ।
अर्थमन्त्री भन्छन् : कर्मचारीको तलब पर्याप्त छैन, अधिकृतको १ लाख हुनुपर्छ
अर्थमन्त्री भन्छन् : कर्मचारीको तलब पर्याप्त छैन, अधिकृतको १ लाख हुनुपर्छ
तपाईको प्रतिक्रिया