• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

समिक्षा अधिकारीले बयान फेरे पछि पलले पाए ब’लात्कार मुद्दामा सफाइ, जेलबाट छुट्दै छन पल


८ आश्विन २०७९,
पीडित किशोरी ‘होस्टाइल’ भएकै कारण अभिनेता पल शाहले ब’लात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो । जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । ब’लात्कार आरोपकै अर्को मु’द्दा तनहँुमा विचाराधीन भएकाले उनी जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई ब’लात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ । पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा ब’लात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी प¥यो । जिल्ला अदालत, नवलपुरले शाहलाई ब’लात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।

पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् ।

आफ्नो विषयमा नकारात्मक समाचार आएकाले बाबुले जाहेरी दिएको बयान दिएकी उनले कन्याजालीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइकल चलाउने गरेको बताएकी थिइन् ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तयार पारेको फैसलाको पूर्णपाठमा भनिएको छ– ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनाहरूमा पीडित र पीडक बाहेक अन्य व्यक्तिहरूको प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरमा प्रत्यक्षदर्शी भनेको नै पीडक र पीडित नै हुन् । जबरजस्ती करणको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने हुन्छ ।’

प्रतिवादीले अनुसन्धानका क्रममा पीडितसँग कुराकानी भएको, म्यासेज आदानप्रदान भएको फैसलामा औंल्याइएको छ । अदालतमा पेश भएको अडियो क्लिपमा भएको छलफल र त्यसमा रहेको आवाज आफ्नो भएको स्वीकार गरे पनि पल शाहले अदालतमा इन्कारी बयान दिएकाले मिसिलमा संलग्न आधार र प्रमाणका आधारमा ब’लात्कार गरेको अनुमान गर्न मिल्ने अवस्था नभएको फैसलामा उल्लेख छ ।

पल शाहमाथि लगाइएको आरोप किशोरीको तर्फबाट शंकारहित रूपमा पुष्टि गरिएको हुनुपर्ने भन्दै फैसलामा भनिएको छ ‘प्रतिवादको इन्कारी बयानलाई जाहेरवाला एवं स्वयं पीडितको अदालतसमक्षको बकपत्रबाट समेत पुष्टि भइसकेको अवस्थामा पल शाहमाथि लगाइएको अभियोग बाहेक किशोरी पक्षले शंकासहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाण अदालतसमक्ष पेश गर्न सकेको देखिंदैन ।’ यसरी हेर्दा पीडित किशोरीले अदालतमा उपस्थित भएर दिएकै बयानका कारण पलले सफाइ पाएको प्रष्ट हुन्छ ।

पीडित किशोरी र जाहेरवाला (बाबु)ले अदालतमा दिएको बयानलाई इजलासले अस्वीकार गरेको छ । पीडित किशोरी गायन अभिनय क्षेत्रमा छुट्टै पहिचान बनाएकी उदाउँदो बाल प्रतिभा भएको र आफ्नो करिअरलाई नै असर पर्ने गरी कसैको प्रलोभनमा परेर अरूको कलाकारिता र अभिनयलाई मेट्ने उद्देश्यले मात्र जाहेरी दिएको अनुमान गर्न नमिल्ने इजलासको ठहर छ ।

बरु पीडित किशोरी र आरोपित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा बसेको देखिने जिल्ला अदालतले औंल्याएको छ । जाहेरीवालाले सामाजिक सञ्जाल लगायतमा नराम्रो कुरा सुनेकाले उजुरी दिएको र पीडितले आफ्नो र प्रतिवादीबीच नराम्रो सुनेका कारण जाहेरी दिएको हुनसक्छ भनेर अदालतमा दिएको बयानले पनि उनीहरूको सम्बन्ध कलाकारिता र अभिनयका क्रममा मात्र भेटघाट भएको र त्यतिकैमा रोकिएको नदेखिने फैसलामा उल्लेख छ ।

अदालतमा पेश भएको अडियो क्लिपमा रहेको अश्लील संवाद र प्रेमी प्रेमिकाबीच हुने वार्तालाप जस्तो देखिएको भन्दै फैसलामा भनिएको छ— ‘प्रतिवादीलाई अनुसन्धानको क्रममा जबरजस्ती बयान कागजमा सहीछाप गर्न लगाइयो भन्ने अनुमान गर्न मिलेन ।’

बरु ‘ब’लात्कार’को घटनामा पनि पीडित र प्रतिवादीबीच निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्क हुँदै आएको भन्दै फैसलामा भनिएको छ— ‘त्यसैक्रमको सिलसिलामा मध्यबानेश्वरमा पीडित र प्रतिवादहरूका बीचमा संवाद एवं छलफलको अडियो क्लिप बनाइएको समग्र अवस्थाले प्रतिवादी र पीडित प्रेमी–प्रेमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’

लोकप्रियता कमाएका अभिनेतासँग नजिक हुन र उसलाई चाहनु पीडितको गल्ती नभएको भन्दै जिल्ला अदालतले बरु पलले आफ्नो रिल लाइफको क्रेजलाई वास्तविक जीवनमा गलत रूपमा प्रयोग गर्नु गलत भएको ठम्याएको छ ।

फैसलामा भनिएको छ— ‘यी प्रतिवादीबाट नाबालिक उपर अडियो संवादमा प्रयोग गरेका शब्द एवं संवाद तथा अन्य एसएमएसलगायतका कुराकानीका गतिविधि समेतलाई हेर्दा यी प्रतिवादी(पल शाह)ले अभिभावकीय रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य पूरा नगरी एउटा प्रेमीको रूपमा आफूलाई प्रस्तुत गरी नाबालिका उपर व्यवहार गरेको देखिन्छ ।’

पीडितमाथि गरेको व्यवहार र अडियो संवादलाई यौनजन्य अस्वाभाविक व्यवहार ठहर गर्दै जिल्ला अदालतले पल शाहमाथि बाल यौ’न दुरुपयोग गरेको ठहर गरेको हो । मुलुकी अपराध संहिताको दफा २२५ (३) अनुसार बाल यौ’न दुरुपयोगमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्छ ।

फैसलामा भनिएको छ, ‘कसूरको अवस्था र प्रतिवादीले आफू गीत–संगीत र फिल्मी क्षेत्रमा रहेर झन् संवेदनशील बनेर बाल कलाकारहरूलाई संरक्षण गर्नुपर्नेमा आफैं आफ्नो जिम्मेवारी र कर्तव्य भुलेर प्रेमीको रूपमा प्रस्तुत भई कसुर गरेको हुँदा निजलाई २ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.