• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अस्ट्रेलियाको भिसा नलागेपछि कन्सल्टेन्सी संचालकको भागाभाग !

काठमाडौँ – दाङका नरेन्द्र खड्का (नाम परिवर्तन) ले काठमाडौँको एउटा कलेजबाट फिजिक्समा विएससी गरे । सन २०२० मा विएससी सकाएका उनले थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाए । परिवारको आर्थिक अबस्था सामान्य रहेका खड्का आर्थिक रुपमा पनि सहयोग गर्ने कन्सल्टेन्सीको खोजिमा थिए ।

खोज्दै जाँदा बागबजारको एउटा कन्सल्टेन्सीले उनको सपना पुरा गरिदिने भयो । उनी जस्ता मुर्गालाई नक्कली डकमेन्ट बनाएर अस्ट्रेलिया पठाउन पल्केका ति व्यवसायीले अर्को मुर्गा फेला परेको भन्दै खुशिले गदगद भए । खड्काले भने अनुसारको डकुमेन्ट बनाइदिए ।

भिसा एप्लाई गरेकै बेलामा अस्ट्रेलियन सरकारले भिसा पोलिसी परिवर्तन गरिदियो । त्यसपछि उनको अस्ट्रेलिया जाने सपना चकनाचुर भयो । अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीले थप डकुमेन्ट आवश्यक भएको भन्दै एस-५६ अनुसार डकुमेन्ट पेस गर्न इलेल गर्यो । उनले बनाएका डकुमेन्ट नक्कली भएकाले फेरी पेस गर्न आँट गरेनन् ।

नक्कली डकुमेन्ट भएको प्रमाणित भए अस्ट्रेलियाको अध्यागमन कानुन अनुसार तीन बर्ष भिसा एप्लाई गर्न नपाइने भएकाले कन्सल्टेन्सीले पनि थप डकुमेन्ट हाल्न जोड गरेन । कन्सल्टेन्सीले फायल झिक्न सल्लाह दियो । उनले फायल भिकेको एक महिनाभन्दा बढि भइसकेको छ । कलेजले यताबाट पठाएको ट्युसन फिस् फिर्ता पठाइसकेको छ । तर बीमा बापत कन्सल्टेन्सीलाई दिएको रकम अहिलेसम्म फिर्ता भएको छैन ।

उनले कलेजको ट्युसन फिस् बैंकमार्फत कलेजको खातामा पठाएका थिए भने बीमा बापतको रकम १ लाख ३५ हजार कन्सल्टेन्सीलाई दिएका थिए । केही दिन अघिसम्म बीमा बापतको रकम फिर्ताको प्रक्रियामा रहेको बताउने व्यवसायी अहिले सम्पर्क बिहिन भएका छन् । भिसा लगाउँदा विद्यार्थीको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्छ । विद्यार्थीले कति बर्षको कोर्ष हो त्यही अनुसार एकमुष्ट इन्सुरेन्स रकम तिर्न पर्ने हुन्छ । बजारमा इन्सुरेन्स गर्ने दुई थरिका कम्पनीहरु छन् ।

एक थरिका कम्पनीहरुले बीमाको पोलिसी खरिद गरिसकेपछि प्रिमियम नतिरेरै बीमा गरेको सर्टिफिकेट दिने गरेका छन् भने अर्कोथरी कम्पनीहरुले प्रिमियम तिरेपछि मात्र बीमा गरेको सर्टिफिकेट दिने गरेका छन् । प्रिमियम नतिरेर पनि बीमा गर्ने कम्पनीमध्ये एक हो एनआईबी-ओभर्सिस् इस्टुडेन्ट हेल्थ इन्सुरेन्स एण्ड हेल्थ कभर । यो अस्ट्रेलियाको कम्पनी हो । यो कम्पनीका नेपालमा दुई सय बढि एजेण्ट रहेका छन् जो कन्सल्टेन्सी संचालक हुन । उनीहरुले विद्यार्थीबाट प्रिमियम उठाउँछन् । बीमा गरेको सर्टिफिकेट पनि दिन्छन् तर पैसा आफूसँगै राख्छन् । बिद्यार्थीको भिसा लागेको खण्डमा प्रिमियम तिरिदिन्छन् वा कसैले बीमा नगरेरै प्रिमियम बापतको आफै झ्याम पारिदिन्छन् । भिसा नलागेको खण्डमा बिद्यार्थीलाई जस्ताको तस्तै रकम फिर्ता गर्न पर्ने हुन्छ ।

खड्काले एप्लाई गरेको कन्सल्टेन्सीले एक सय बढि विद्यार्थीको भिसा एप्लाई गरेको थियो । एक सय बढि विद्यार्थीबाट लिएको रकम अर्कै प्रयोजनमा खर्च गरेको रहेछ । अहिले उनलाई उक्त रकम तिर्न हम्मेहम्मे परेको छ । त्यही भएर ति कन्सल्टेन्सी संचालक फरार भएका छन् ।

खड्का एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता हजारौँ विद्यार्थीको समस्या हो यो । मोटिभेट न्यूजले गरेको अध्ययन अनुसार विद्यार्थीको बीमा बापतको रकम फिर्ता नगर्ने कन्सल्टेन्सीको संख्या ४९ पुगेको छ । धेरै कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई झुलाउन डेङ्गु लागेको भन्दै पन्छिएका छन् भने केहीले थोरै रकम दिए टालटुल पारेका छन् । बजारमा यसलाई ‘डेङ्गुको भेट भेरियन्ट’ भनेर व्याङ्ग्य गरिरहेका छन् । हामी यसको नियमित फ्लोअपमा छौँ । यसरी विद्यार्थीको पैसा फिर्ता नगर्ने कन्सल्टेन्सीहरुको लिष्ट अर्को अंकमा प्रकाशन गर्नेछौँ ।

source tajakhabarpost.com

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.