• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

अस्ट्रेलियाको भिसा नलागेपछि कन्सल्टेन्सी संचालकको भागाभाग !


काठमाडौँ – दाङका नरेन्द्र खड्का (नाम परिवर्तन) ले काठमाडौँको एउटा कलेजबाट फिजिक्समा विएससी गरे । सन २०२० मा विएससी सकाएका उनले थप अध्ययनका लागि अस्ट्रेलिया जाने योजना बनाए । परिवारको आर्थिक अबस्था सामान्य रहेका खड्का आर्थिक रुपमा पनि सहयोग गर्ने कन्सल्टेन्सीको खोजिमा थिए ।

खोज्दै जाँदा बागबजारको एउटा कन्सल्टेन्सीले उनको सपना पुरा गरिदिने भयो । उनी जस्ता मुर्गालाई नक्कली डकमेन्ट बनाएर अस्ट्रेलिया पठाउन पल्केका ति व्यवसायीले अर्को मुर्गा फेला परेको भन्दै खुशिले गदगद भए । खड्काले भने अनुसारको डकुमेन्ट बनाइदिए ।

भिसा एप्लाई गरेकै बेलामा अस्ट्रेलियन सरकारले भिसा पोलिसी परिवर्तन गरिदियो । त्यसपछि उनको अस्ट्रेलिया जाने सपना चकनाचुर भयो । अस्ट्रेलियन हाइकमिसन नयाँ दिल्लीले थप डकुमेन्ट आवश्यक भएको भन्दै एस-५६ अनुसार डकुमेन्ट पेस गर्न इलेल गर्यो । उनले बनाएका डकुमेन्ट नक्कली भएकाले फेरी पेस गर्न आँट गरेनन् ।

नक्कली डकुमेन्ट भएको प्रमाणित भए अस्ट्रेलियाको अध्यागमन कानुन अनुसार तीन बर्ष भिसा एप्लाई गर्न नपाइने भएकाले कन्सल्टेन्सीले पनि थप डकुमेन्ट हाल्न जोड गरेन । कन्सल्टेन्सीले फायल झिक्न सल्लाह दियो । उनले फायल भिकेको एक महिनाभन्दा बढि भइसकेको छ । कलेजले यताबाट पठाएको ट्युसन फिस् फिर्ता पठाइसकेको छ । तर बीमा बापत कन्सल्टेन्सीलाई दिएको रकम अहिलेसम्म फिर्ता भएको छैन ।

उनले कलेजको ट्युसन फिस् बैंकमार्फत कलेजको खातामा पठाएका थिए भने बीमा बापतको रकम १ लाख ३५ हजार कन्सल्टेन्सीलाई दिएका थिए । केही दिन अघिसम्म बीमा बापतको रकम फिर्ताको प्रक्रियामा रहेको बताउने व्यवसायी अहिले सम्पर्क बिहिन भएका छन् । भिसा लगाउँदा विद्यार्थीको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्छ । विद्यार्थीले कति बर्षको कोर्ष हो त्यही अनुसार एकमुष्ट इन्सुरेन्स रकम तिर्न पर्ने हुन्छ । बजारमा इन्सुरेन्स गर्ने दुई थरिका कम्पनीहरु छन् ।

एक थरिका कम्पनीहरुले बीमाको पोलिसी खरिद गरिसकेपछि प्रिमियम नतिरेरै बीमा गरेको सर्टिफिकेट दिने गरेका छन् भने अर्कोथरी कम्पनीहरुले प्रिमियम तिरेपछि मात्र बीमा गरेको सर्टिफिकेट दिने गरेका छन् । प्रिमियम नतिरेर पनि बीमा गर्ने कम्पनीमध्ये एक हो एनआईबी-ओभर्सिस् इस्टुडेन्ट हेल्थ इन्सुरेन्स एण्ड हेल्थ कभर । यो अस्ट्रेलियाको कम्पनी हो । यो कम्पनीका नेपालमा दुई सय बढि एजेण्ट रहेका छन् जो कन्सल्टेन्सी संचालक हुन । उनीहरुले विद्यार्थीबाट प्रिमियम उठाउँछन् । बीमा गरेको सर्टिफिकेट पनि दिन्छन् तर पैसा आफूसँगै राख्छन् । बिद्यार्थीको भिसा लागेको खण्डमा प्रिमियम तिरिदिन्छन् वा कसैले बीमा नगरेरै प्रिमियम बापतको आफै झ्याम पारिदिन्छन् । भिसा नलागेको खण्डमा बिद्यार्थीलाई जस्ताको तस्तै रकम फिर्ता गर्न पर्ने हुन्छ ।

खड्काले एप्लाई गरेको कन्सल्टेन्सीले एक सय बढि विद्यार्थीको भिसा एप्लाई गरेको थियो । एक सय बढि विद्यार्थीबाट लिएको रकम अर्कै प्रयोजनमा खर्च गरेको रहेछ । अहिले उनलाई उक्त रकम तिर्न हम्मेहम्मे परेको छ । त्यही भएर ति कन्सल्टेन्सी संचालक फरार भएका छन् ।

खड्का एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता हजारौँ विद्यार्थीको समस्या हो यो । मोटिभेट न्यूजले गरेको अध्ययन अनुसार विद्यार्थीको बीमा बापतको रकम फिर्ता नगर्ने कन्सल्टेन्सीको संख्या ४९ पुगेको छ । धेरै कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई झुलाउन डेङ्गु लागेको भन्दै पन्छिएका छन् भने केहीले थोरै रकम दिए टालटुल पारेका छन् । बजारमा यसलाई ‘डेङ्गुको भेट भेरियन्ट’ भनेर व्याङ्ग्य गरिरहेका छन् । हामी यसको नियमित फ्लोअपमा छौँ । यसरी विद्यार्थीको पैसा फिर्ता नगर्ने कन्सल्टेन्सीहरुको लिष्ट अर्को अंकमा प्रकाशन गर्नेछौँ ।

source tajakhabarpost.com

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.