×
बिहीबार, असार ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ५. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ७. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ९. नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • १०. आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

देउवासँग कांग्रेस जिल्ला सभापतिहरूको माग- प्रत्यक्षमा कम्तीमा एक भोट रुखमा हाल्न पाउनुपर्छ


काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा कम्तीमा एक मत रुखमा हाल्न पाउने गरी गठबन्धन गर्न माग गरेका छन् ।

आज प्रदेशका ८ जिल्लाका सभापतिले संयुक्तरूपमा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो माग गरेका हुन् । जसमा अन्य ५ जना सभापतिको पनि समर्थन रहेको जनाइएको छ ।

जिल्ला सभापतिहरूले आफूहरू गठबन्धन गरेर निर्वाचनमा जाने पार्टी निर्णयको पक्षमा नै रहेको केन्द्रीय सभापति देउवालाई जानकारी गराएका छन् । तर, गठबन्धन गर्दा कांग्रेसका सबै मतदाताले ‘समानुपातिक’ बाहेक कम्तीमा एक मत प्रत्यक्षमा रुखमा हाल्न पाउनुपर्ने माग राखेका छन् ।

‘प्रत्यक्षमा पनि कम्तीमा एक मत रुखमा हाल्न पाउनुपर्छ भन्ने कांग्रेसका सबै मतदाताको चाहना छ,’ दोलखा कांग्रेसका जिल्ला सभापति बर्मा लामाले भने,‘सो कुरा प्रत्याभूत हुनेगरी गठबन्धनमा सीटको बाँडफाँट हुनुपर्ने हामीले सभापतिसमक्ष कुरा राख्यौं ।’

जिल्ला सभापतिहरूले प्रतिनिधिसभाको सीट कांग्रेसले पाएका क्षेत्रमा खासै समस्या नहुने भएपनि प्रतिनिधिसभा सीट अर्को दलको भागमा परेको क्षेत्रमा भने प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाउनुपर्ने माग गरेका छन् ।

‘यसो गर्दा सबैतिरका कांग्रेसका मतदाताले एउटा भोट भएपनि प्रत्यक्षमा कांग्रेसलाई हाल्न पाउछन् । जसले गठबन्धन दलहरूलाई पनि फाइदा हुन्छ,’ लामाले नेपाल प्रेससँग भने । यसबाहेक सीट बाँडफाँट न्यायिक हुनुपर्ने पनि आफूहरूले माग राखेको उनले बताए ।

जिल्ला सभापतिहरूको कुरा सुनेपछि केन्द्रीय सभापति देउवाले यसविषयमा आफू प्रतिबद्ध रहेको बताएका थिए ।

‘उहाँले यसकुरामा आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो,’ जिल्ला सभापति लामाले भने,‘पार्टी र गठबन्धनका नेताहरूसँग छलफल गरेर यसमा अघि बढ्ने उहाँले आश्वासन दिनुभएको छ ।’

देउवासँगको सो भेटमा दोलखाका सभापति लामासहित नुवाकोटका सभापति रमेश महत, काठमाडौंका सभापति कृष्णसुबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङ, काभ्रेका सभापति तीर्थ लामा र धादिङका सभापति रामनाथ अधिकारी सहभागी थिए ।

बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

भर्खरै

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ६.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ७.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ८.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.