• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मणिपालको सेयर ४२८ रुपैयाँका दरले बतास समूहको कम्पनीले किन्यो, एक अर्ब ८१ करोड मोरिसस उड्यो

काठमाडौं। पोखराको मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालिबाट भारतीय साझेदार औपचारिक रुपमा बाहिरिएका छन्। भारतीय साझेदारले मोरिससबाट अधिकांस लगानी मणिपालमा ल्याएका थिए।

उनीहरुको सम्पूर्ण सेयर नेपालको बापो होल्डिङ प्रालिले खरीद गरेको छ। बापो पोखराका ब्यवसायी आनन्द बतास र नारायण पौडेल समूह अन्तर्गतको कम्पनी हो।

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा स्थापना गरेको मणिपालको पोखरामा ‘मणिपाल कलेज अफ मेडिकल साइन्स’ नाममा मेडिकल कलेजसहित सन् १९९८ देखि ७५० शैया क्षमताको मणिपाल शिक्षण अस्पताल पनि संचालनमा छ।

दुवै शतप्रतिशत भारतीय मणिपाल समूहको स्वामित्वमा थियो। बापो होल्डिङ्सले प्रति कित्ता ४२८ रुपैयाँ ४६ पैसाका दरले सबै सेयर खरीद गरेको हो। कम्पनीको कुल सेयर संख्या ५२ लाख २८ हजार कित्ता छ।

सेयर कुल २ अर्ब २४ करोड रुपैयाँमा बिक्री भएको हो। भारतीय लगानीकर्ताले नेपाली कम्पनी बापो होल्डिङस प्रालिलाई बिक्री गर्नका लागि सबै प्रक्रिया पुरा गरेको थियो। त्यसै अनुसार राष्ट्र बैंकले कम्पनीलाई आफ्नो लगानी फिर्ता लैजान गत साउन २० गते स्वीकृति दिइसकेको छ। उनीहरुले लक्ष्मी बैंकबाट पैसा लगिसकेका छन्।

उद्योग विभागले ०७८ फागुन २३ गते शेयर खरिद विक्रीको सैद्धान्तिक सहमति दिएको थियो। भारतीय लगानीकर्ताले सेयर बिक्रीबाट भएको आम्दानीमध्ये पुँजीगत लाभकर वापत ४२ करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

बाँकी रहेको एक अर्ब ८१ करोड सात लाख रुपैयाँ बराबरको विदेशी मुद्रा उनीहरुलाई लैजान राष्ट्र बैंकले स्वीकृति दिएको थियो। विदेशी लगानीकर्ताहरुलाई भुक्तानी गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २०(७) बमोजिम उद्योग विभागको स्वीकृति लिएर राष्ट्र बैंकले भुक्तानीका लागि लक्ष्मी बैंकलाई आदेश दिएको हो।

भुक्तानी लगेका सेयरधनीउद्योग विभागले २०७९ असार १३ गते सबै कर तिरेको भन्दै पैसा लैजान दिन राष्ट्र बैंकलाई पत्रमा लेखेको थियो।

सेयर बिक्रीको पैसा पाँच जनाले भुक्तानी पाएका छन्। यसमध्ये मणिपाल एजुकेसन (मोरिसस) प्रालिले डलरमा र बाँकीले भारुमा लगेका छन्। मणिपाल एजुकेसनले ५२ लाख २६ हजार ८०० कित्ता सेयरको कुल एक अर्ब ८१ करोड २ लाख ८४ हजार ३८४ रुपैयाँ भुक्तानी लगेको छ। उसले मोरिसस्थित स्ट्यान्डर्ड चार्डर्डको खातामा भुक्तानी पाएको छ। बाँकी चार जनाले भारुमा भुक्तानी लगेका हुन्।

रामदास माधवा पाइले २५ कित्ताको ८ हजार ६५८ रुपैयाँ बेङ्गुलुरुस्थित स्ट्यान्डर्ड चार्टर्डको खातामा भुक्तानी पाएका छन्। रञ्जन रामदास पाइले ७०० कत्ताको २ लाख ४२ हजार ४४२ रुपैयाँ बेङ्गुलुरुस्थित चार्टर्डको खातामा भुक्तानी पाएका छन्।

शैला रामदा पाइले ४५० कित्ताको एक लाख ५५ हजार ८५५ रुपैयाँ मणिपालस्थित केनरा बैंकको खातामा भुक्तानी पाएका छन् भने बसन्ती रामदास पाइले पनि केनरा बैंकबाट २५ कित्ताको ८ हजार ६ सय ५८ रुपैयाँ भुक्तानी पाएका छन्।

बापो समूहले जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउँदैछ भने जनकपुरमा ३ सय शैयाको अस्पताल स्थापना गर्ने भएको छ।

जलेश्वरमा मणिपालको तत्कालिन सञ्चालक समूहले अढाई दशकअघि खरीद गरेको करिब ३५ बिघा जग्गामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रिय स्तरको प्राविधिक कलेजको प्रक्रिया अगाडि बढिसकेको समूहका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए।

मणिपाल ग्रुपले धनुषाको जनकपुरमा तीन सय बेडको हस्पिटल सञ्चालन गर्ने गरी यसअघि नै २७ करोड रुपैयाँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन। बतासले यसलाई पनि तत्काल अघि बढाउने बताए।

Source bizmandu.com

शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.