• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

रेसुंगा विमानस्थलमा सञ्चालनमा नआउँदै क्षती, घुम्ने र टिकटक बनाउने थलो बन्दै


गुल्मीको रेसुंगा विमानस्थलमा सम्झौताअनुसारका काम सबै सकिए पनि उडान अझै अनिश्चित छ। कालोपत्रे र रङरोगनले धावनमार्ग चिटिक्क बनेको छ। निर्वाचन आसपास नियमित उडान सुरु हुने चर्चा भए पनि सम्भावना अनिश्चित बन्दै गएको छ। करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति सुरु भएको छ। केही दिनअघि मात्रै कन्ट्रोल टावरको सीसा फुटेको छ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर बी–कोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेर काम गरेको हो। निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताए। विमानस्थल आयोजनाले विमानस्थलमा नियमित उडान नहुने बेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। गत असारबाट आयोजना फिर्ता भएको छ। रेसुंगा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताए।

पहिले पनि विमानस्थल निर्माणकै क्रममा निर्माण व्यवसायीका गाडी र संरचनाहरू तोडफोड हुने गरेका थिए। ‘कन्ट्रोल टावरको सिसा नै फुट्नु दुःखद विषय हो। पहिले पनि गाडीको सिसा र ड्रमलगायतका सामग्री तोडफोड हुन्थे,’ उनले भने, ‘जिम्मेवार व्यक्तिबाहेक अरूलाई प्रवेश नगराउन भने पनि त्यसो भएन।’ सार्वजनिक महत्वपूर्ण संरचनाको संरक्षणको दायित्व सबैको भएकोतर्फ उनले सचेत गराएका छन्। विमानस्थल निर्माणको लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भएको छ।

उडान नभएपछि मनोरञ्जलस्थल बन्दै

विमानस्थलमा जिल्ला तथा बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन्। केही समय पहिले स्कुटर, मोटरसाइकल र गाडी नै लिएर ठूला नेतादेखि सर्वसाधारण विमानस्थलमा पुग्थे। विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले टिकटक बनाउनेहरू यहाँ पुग्ने गरेका छन्। जसका कारण धावनमार्ग कुरूप बन्न थालेको छ।

विमानस्थलजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुने वेलासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयहरू बताउँछन्। गाउँकै केही व्यक्तिको पूर्वाग्रह र राजनीतिक प्रतिशोधका कारण विमानस्थलमा क्षति भएको आरोप छ। विमानस्थलमा क्षति भएको विषयमा अनुसन्धान सुरु गरी नियमित उडानको पहल सुरु गरिएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।

सालिमे अदुवा, बेसार तथा कृषि फार्म

तत्काल नियमित उडान सम्भव छैन: प्रवक्ता निरौला

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजहरूको संख्या नै कम भएको कारण नियमित उडान गर्न नसकिएको बताए। प्राइभेट एयरलाइन्सहरूले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ।

यो वर्ष रेसुंगा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले प्राइभेट कम्पनीहरूसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिए। विमानस्थल निर्माणसँगै संरक्षणको दायित्व पनि आफूहरूको भएकाले प्रहरी, प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको उनले प्रष्ट पारे।

source ojhelkakhabar.com

शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.