प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी मुखमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य तथा वाईसिएल मधेश प्रदेशका ईन्चार्ज शंकर महतो दुई दर्जनौं युवा नेताहरु सहित नेकपा एमालेका प्रवेश गरेका छन् ।
काठमाण्डौं स्थित नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको उपस्थितिमा नेता महतो माओवादी, नेकपा एस, राप्रपा, कांग्रस सहितका बिभिन्न पार्टीका नेताहरु सहित एमाले प्रवेश गरेका हुन ।
प्रवेश गर्ने अधिकांश महोत्तरी जिल्ला तथा प्रदेश स्तरका माओवादी पार्टीका युवा नेताहरु छन् ।
मधेश प्रदेशमा माओवादी पार्टीका स्थायी समिति सदस्य मातृका यादव (पूर्व माओवादी) र गिरिराजमणि पोखरेल(जनमोर्चा) गरि दुई धार छन् । नेता महतो माओवादी नेता पोखरेल गुट नजिक रहेर दुई दशकदेखि माओवादी पार्टीमा सक्रिय थिए ।
स्थानीय चुनावमा ठूलो हार व्यहोरेका माओवादी पार्टीले युवा नेता महतोसहितलाई गुमाएपछि ठूलो संकट देखिएको छ । उनको एमाले प्रवेशले माओवादी नेता महतोकोे गृहजिल्ला महोत्तरीमा पनि माओवादीलाई ठुलो धक्का परेको छ ।
पूर्व मन्त्री तथा महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलको नेता महतोले विश्वासपात्र मध्येका एक मानिन्थे । एमाले प्रवेशले सबै भन्दा बढी क्षति पूर्व मन्त्रि पोखरेललाई भएको छ ।
नेता महतोसंगै नेकपा एसका प्रदेश कमिटी सदस्य रोशन गौतम(बर्दिबास), वाईसिएल नेपालका केन्द्रिय सदस्य अन्जित कुश्वाहा(रौतहट), धनुषा जिल्ला संयोजक मनोज कुमार कुश्वाहा, महोत्तरी संयोजक मनोज थापा, महोत्तरी जिल्ला सदस्य संजय महतो एमाले प्रवेश गरेका छन् ।
वाईसिएल नेपालका प्रदेश कमिटी सदस्य निरज अधिकारी, अशोक महतो पनि माओवादी छोडेर एमाले रोजेका छन् ।
त्यसैगरि माओवादी केन्द्रका महोत्तरी जिल्ला कमिटि सदस्य रामदेव प्रसाद यादव, रामजानकी मण्डल पनि एमाले प्रवेश गरेका छन् ।
त्यसैगरि लोसपा महोत्तरी जिल्ला सदस्य शिवनारायण यादव, राप्रपा सम्सी गाउँपालिका अध्यक्ष फइमुदिन मोमिन लगायत पनि एमालेमा प्रवेश गरेका छन् ।