• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ८. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ९. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

‘मैले सिंहदरबार पस्न नपाएर गेटबाटै फर्कनुपर्‍यो’ : हर्क साम्पाङ


काठमाडौँ–

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार बिहानै काठमाडौँ आएर दिनभर राजनीतिक भेटघाटमा व्यस्त बने।

धरान उपमहानगरपालिकाका विकास निर्माणसँग सम्बन्धित विभिन्न माग संघीय सरकारलाई राख्ने उदेश्यका साथ आएका उनी दिनभर सिंहदरबारमा सम्बन्धित मन्त्रालयगत भेटघाटमा व्यस्त भए।

बिषेश गरी धरानको खानेपानी, सडक लगायतका समस्यामा केन्द्रित भएर सम्बन्धित मन्त्रालयमा उनले भेटघाट र छलफल गरे। भोलि सोमबार पनि उनी भेटघाटमै व्यस्त हुँदैछन्।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर निर्वाचित भएका हर्कमाथि धरानबासीले विकास निर्माणका अपेक्षा राखेका छन्। हालसम्मको कार्यअनुभव, सिंहदरवारमा विभिन्न मन्त्रालयमा भेटघाटको उदेश्य र आगामी योजनाबारे देशसञ्चारकी ईश्वरी बरालले साम्पाङसँग गरेको कुराकानीको सम्पादित अंश।

काठमाडौँ किन आउनुभयो?
धरानका विकास निर्माणसँग सम्बन्धित समस्याहरु संघीय सरकारलाई सुनाउन आएको हुँ। आज दिनभर सम्बन्धित मन्त्रालयसँग छलफल भयो। भोलि पनि बाँकी कुरा गर्नु छ।

धर्ना पनि दिनुभयो कि छलफल मात्रै भएको हो?
धर्ना दिनु परेन, सौहाद्रपूर्ण वातावरणमा कुराकानी भयो। धर्ना दिनु पर्ने अवस्था आयो भने पनि दिन्छु।

स्वतन्त्रको हैसियतले धरान उपमहानगरको मेयर बनेको तपाईँलाई सिंहदरबार प्रवेशमा असहज त भएन नि?
भएन। अब त म आफै स्थानीय सरकार भएँ। मलाई अप्ठेरो हुने कुरा भएन। बरु म जनप्रतिनिधि नहुँदाखेरि सिंहदरबार प्रवेश गर्न नपाएर गेटबाटै फर्किनुपरेको नमिठो अनुभव थियो। हामीले एउटा गलत के बुझेका छौँ भने सरकार राजनीतिक दलको हुन्छ भनेर बुझेका छौँ तर सरकार जनताको हुन्छ भन्ने बुझ्नुपर्छ।

कुनै राजनीतिक दलबाट उठेको भए हुन्थ्यो पछुतो लागेको छैन तपाईलाई?
लागेको छैन। म स्वतन्त्र उठेर जितेकोमा मलाई कुनै किसिमको ग्लानि छैन। कुनै राजनीतिक दलमा नलागेको कारण आफूलाई सहज महसुस पनि गरिरहेको छु।

काठमाडौँमा आएपछि यहाँको फोहोरमैलाको बिषयमा बोल्नुभयो, जुन चर्चामा छ, काठमाडौँको फोहोर मैला व्यवस्थापनमा तपाईँले देखेको समाधान के हो?
महानगरपालिकाले संघीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ। यहाँ संघीय सरकार पनि छ जसले महानगरको समस्या समाधानमा ध्यान दिनुपर्छ। काठमाडौँमा फोहोर मैला झन् बढेछ। यो राम्रो देखिएन। फोहोर मैला व्यवस्थापनमा आएका अवरोधहरु हटाएर अघि बढ्न काठमाडौँ महानगरका मेयर बालेन शाहलाई मेरो सुझाव पनि छ।

संघ र प्रदेश चुनावमा उठ्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई तपाईँ के सुझाव दिन चाहनुहुन्छ?
म सामान्य व्यक्ति हुँ। सुझाव त खासै मेरो केही पनि छैन। म आफूले सामान्य काम गरेजस्तो लाग्छ तर पनि खै किन हो धेरै चर्चा भएको छ मेरो। मैले खास केही गरेको छैन। गर्नुपर्ने काम गरेको छु। असल काम गर्नुस् जनताले चुन्छन् भन्न चाहन्छु।

पुराना नेता हटाएर नयाँलाई स्थापित गर्ने अभियानमा स्वतन्त्र उम्मेदवारहरु पनि छन्। त्यसमा तपाईँ सहभागी हुनुहुन्छ कि हुनुहुन्न? पुराना नेता हटाउने अभियान उपयुक्त हो कि हैन?
पुराना नेता हटाउने अभियानमा नै त म लागेको छैन। तर युवा पुस्ता र नयाँ नेतामा जोस हुन्छ तर्सथ नयाँलाई मौका दिनुपर्छ। पुराना नेता रिटायर्ड हुँदा राम्रो हुन्छ। पुराना नेतालाई सल्लाहकार राखेर नयाँलाई मौका दिनुपर्छ।

पुराना नेता हटाउँदैमा राष्ट्रिय राजनीति र मुलुकको विकास निर्माण हुन्छ भन्ने ग्यारेन्टी चाहिँ के हुन्छ?
ग्यारेन्टी नै त केही हुँदैन तर नयाँ पुस्ताले काम गर्छन्, उनीहरुमा जोस, जाँगर र क्षमता हुन्छ भन्ने हो। सबैभन्दा ठूलो कुरा इमान्दारी हो। पुराना नेताले काम गर्दा परिर्वतन आएन। जनतालाई विकासको स्वाद दिनुपर्छ।

तपाईँ धरानमा खानेपानी व्यवस्थापन, सडक निर्माण लगायतका माग राख्दै आवाज उठाउदै हिँडेको मान्छे आज माग सम्बोधन गर्ने ठाउँमा पुग्दा नीति नियम बनाउन, व्यवस्था बसाउन भन्दा पनि आफैँ काम गर्दै हिँड्नुभयो भन्ने आलोचना छ, यसमा के जवाफ दिनुहुन्छ?
काम ठूलो सानो हुँदैन। म नीति निर्माण पनि बनाउँछु, आफैँ काम पनि गर्छु, उपमहानगरपालिका सुधारको लागि म ढुंगा बोक्दै हिँडेको छु र मेरा पछि हजारौँ नगरबासी ढुंगा बोक्न आउनुभएको छ त, हैन र? म पदभार ग्रहण गरेको दोस्रो दिनमा झाडु बोकेर हिडेको छु। जनतासँग मैले ढुंगा बोकेको छु। मैले श्रम संस्कृतिको बिकास गरेको छु। आज धराने जनता आफैँ सकृय हुनुभएको छ। आफै पैसा पनि दिनुहुन्छ। खानेपानी आयोजनामा नगरबासीको सहयोग छ। मैले श्रम संस्कृतिको विकास गर्दा आलोचना नर्गनुस्। बरु म काठमाडौँका मेयर बालेन शाहलाई यो सुझाव दिन्छु कि तपाईँ फोहोर बोकेर आफै बन्चरेडाँडा पुग्नुस्। अन्य काठमाडौँ बासीले पनि साथ दिन्छन्।

स्वतन्त्र व्यक्तिमाथि राजनीतिकरण हावी भएको आरोप पनि छ, तपाईँलाई त्यस्तो महसुस भएको छ कि छैन?
मलाई समस्या भएको छैन। मलाई अप्ठेरोमा पार्दैमा अप्ठेरोमा पर्ने व्यक्ति पनि हैन। यदि राजनीतिक दलहरुले स्वतन्त्र उम्मेदवारलाई अप्ठेरोमा पारेको हो भने आगामी संघ र प्रदेशको निर्वाचनमा सबै राजनीतिक दलका उम्मेदवारले हारेर स्वतन्त्र व्यक्तिले जित्नुपर्छ।

मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.