• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

निहारिका भन्छिन्: मेरो प्यास ‘जुस’ले मेटिदैन, ‘न्याय’ले मात्र मेटिन्छ


महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) जनकपुरधाममा डेरा बसेर होटल म्यानेजमेन्टको पढाइ गर्दै थिइन्। सँगै पढ्ने धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–३ की साथीको आग्रहमा उनको घर गईरहन्थिन्। घर आएको बेला साथीको दाई शिवराज श्रेष्ठले निहारिकालाई खानेकुरामा नशालु पदार्थ मिसाएर खवाएर आफूलाई बलात्कार गरेको निहारिकाको भनाइ छ।

०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन्।

‘मलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला उसले विभिन्न फोटो खिचेको रहेछ। कसैलाई बताए सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्ने धम्की दिएको थियो उनले भनिन्,‘ त्यसैले १४ दिनसम्म चुपचाप बसेँ।’

सम्पन्न परिवारकी कान्छी छोरी निहारिकाले १४ दिनपछि हिम्मत जुटाएर परिवारका सदस्यलाई आफू बलात्कृत भएको बताइन्। तर, परिवारले घटना बाहिर ल्याउन मानेन र उनी पुनः चुप बसिन् । ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो,’ उनले भनिन्, ‘मैले मानिन।’ परिवारले भनेको नमानेपछि उनी बहिस्कृत भइन् । उनी भन्छिन्, ‘परिवारबाट बहिस्कृत भएरै ०७७ भदौ ५ छोरालाई जन्म दिएँ।’

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छ,’ उनले भनिन्, ‘ अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने ?’ न्यायका लागि भए जती सबैको ढोका ढकढक्याएँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि राष्ट्रप्रमुखको महल अगाडी आत्मदाह गर्ने निर्णयमा पुग्न बाध्य भएँ, शिक्षण अस्पतालमा उपचाररत्त निहारिकाले नागरिकन्यूजसँग भनिन्,‘न्याय पाउन म मर्नुपर्ने हो?’

अहिलेपनि म आमरण अनसनमै छु। साउन २० गतेबाट मैले यो अनसन सुरु गरेकी हुँ। तर राज्यले न अनसन बस्न दिन्छन् न न्याय दिन्छन् उनी भन्छिन्,‘यस्तो अवस्थामा मसँग आत्मदाह गर्नुको विकल्प थिएन। मैले शीतल निवास अगाडी आत्मदाह गर्न खोज्दा प्रहरीले रोके। ‘अहिले राष्ट्रपतिले मेरो मुद्दामा चासो लिएको सुनेको छु’ उनले भनिन्,‘ मुद्दामा फैसला गर्ने धनुषाका तत्कालिन जिल्ला न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएको सुनेकी छ। उनीमाथि अनुसन्धान भइरहेको समेत जानकारी पाएकि छु, उनले भनिन्।’

पाँच बुदे माग

निहारिकाले न्यायका लागि पाँच बुँदे माग राखेकी छन्। पहिलो बच्चाको डिएनए टेस्ट। दोस्रो, उच्च अदालतमा पेशी तोकी बच्चा र आमालाई सुरक्षित गरिदिनुपर्ने। तेस्रो, मुद्दाको पुनः अनुसन्धान हुनुपर्ने। चौथो, फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने । पाँचौ, बच्चाको लालनपालन हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्ने सहमति पत्रमा उल्लेख छ।

निरन्तर संघर्ष

०७६ मा जाहेरी दर्तापछि शिवराज पक्राउ परे र अदालतको आदेशमा पुर्पक्षका लागि जेल चलान भए। जाहेरी दर्ता भएको २ वर्षपछि (०७८ माघ २४) मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले सोनाली (निहारिका) बलात्कृत नभएको फैसला सुनायो।

यो फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटे। शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनशन बसिन्। प्रहरीको हस्तक्षेपपछि निहारिकाको अनशन बिथोलिएको थियो। जिल्ला अदालतको फैसलापछि निहारिकाले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन्।

त्यसपछि निहारिका न्यायका लागि निरन्तर कानुनी र अनसनमात्र सत्याग्रह गर्दै आएकी छन्। निहारिकाले शिवराज श्रेष्ठ भन्ने व्यक्तिको जबर्जस्ती करणीबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेर गत जेठ २९ बाट काठमाडौंमा अनशन बसेकी थिइन्। काठमाडौैंको माइतीघरमा अनसन बस्दा प्रहरीले हटाइदिएपछि वसन्तपुरमा अनशन बसेकी उनीसँग असार ३ गते गृहमन्त्री बालकृष्ण खाँणले सहमति गरेका थिए। माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री खाँणले जुस पिलाएर निहारिकाकाको अनशन तोडाएका थिए। सरकारसँग भएको सहमतिपत्रमा आरोपित भनिएका श्रेष्ठ र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनका छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनशनकर्तालाई आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने उल्लेख छ।

तर, उक्त सहमति कार्यान्वयन नगरिएपछि निहारिकाले साउन २० गते सिंहदरबार दक्षिणढोकाअघि आमरण अनशन बस्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनले शुक्रबार शितल निवास अगाडी आत्मदाहको प्रयास गरेकी थिइन्।

‘गृहमन्त्रीले झुठ बोल्नु भएछ। उहाँले झुट पनि बोल्नु पर्दैन, मलाई जुस पनि खुवाईराख्नुपर्दैन’, उनले भनिन्,‘अब कसैले भनेर अनशन तोड्दिन। ‘मेरो प्यास ‘जुस’ले मेटिने होइन’ निहारिकाले भनिन्,‘म र मजस्ता कुमारी आमालाई न्याय मिले मात्र मेरो प्यास मेटिन्छ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.