प्युठानमा आइतबार जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
साँझ ५ बजे बागदुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जिप प्युठानको नौबहिनी गाउँपालिका–६ बहाने बजारनजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा नौजना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
जिपमा ११ जना सवार थिए । सोजिप सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



