• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

हत्याका आरोपीलाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन


वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले आइतबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

मुलुकी अपराध संहितामा ज्यान मार्ने कसुरमा संलग्न रहेको व्यक्तिलाई जन्म कैदको सजाय हुने व्यवस्था छ । फाँसीको सजाय गर्ने व्यवस्था कानुनमा छैन ।

राजकुमारको हत्यामा संलग्न व्यक्तिहरुलाई फाँसी दिनुपर्ने माग उनीहरुको थियो । गत साउन २५ गते वीरगञ्ज ट्युसन पढ्न आएका राजकुमार घर फर्किएनन् । परिवारले आफन्त र साथीभाइकोमा खोजतलास गरे ।

नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बारामा साउन २६ खोजीका लागि निवेदन दिए । प्रहरीले खोजतलास गर्ने क्रममा साउन २७ गते भारतको बिहार भागलपुर जिल्लाको भागलपुर रेल्वे स्टेशन नजिकै राजकुमारको शव भेटियो । भारतीय प्रहरीसँगको समन्वयमा शव वीरगञ्ज ल्याई सकिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हत्या भएको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ईटीयाहीकै २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

अभियुक्तहरुको बुवा ६५ वर्षीय कृष्णा राउत कुर्मीलाई पनि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने, ज्यान मार्ने अभियुक्तहरुलाई फाँसीको सजाय दिनुपर्ने भन्दै मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय पर्सा घेराउको प्रयास गरेका थिए ।

उनीहरुलाई सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय, पर्सा जाने मुख्य बाटोमै रोकेको थियो । न्याय माग्न जाँदा सुरक्षाकर्मीले आफूलाई धकेलेका कारण खुट्टामा चोट लागेको मृतककी आमा गीता हजमीले बताईन् ।

‘ट्युसन पढ्न गएको छोरा घर आएन, फोन लागेन, आफन्त छर छिमेकमा खोज्दा भेटिएन’, उनले भनिन्, ‘पछि भारतमा शव भेटिएको खबर आयो, मारेर उता फालिएको रहेछ, न्याय माग्दा उल्टै मलाई प्रहरीले धकेलेर लडाए । खुट्टामा चोट लागेको छ ।’

मृतकका बुवामोतिलाल ठाकुरले किटानी जाहेरी दिनुको साथै प्रहरीले गम्भिर ढंगले अनुसन्धान गर्ने आश्वासन दिएपछि स्थानीय घर फर्केका थिए । शव पोष्टमार्टम गराउनुको साथै घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

स्थानीयले आरोपीको घर पनि घेराउ गरेका छन् । ठूलो संख्यामा स्थानीय बासिन्दा घर घेराउका कृष्णा राउतको घर घेर्न पुगेपछि प्रहरीले रोकेको छ । घर घेर्न पुगेका स्थानीयलाई सम्झाएर घर फर्काउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.