उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसिय बैंकिङ तथा कर सम्बन्धी तालिम उद्योग वाणिज्य संघ–चितवन र नारायणढ जेसीजको सयुक्त आयोजनामा सम्पन्न भएकोे छ । व्यवसायीहरुलाई बैंकिङ नीति तथा कर सम्बन्धी जानकारी दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै उद्योग वाणिज्य संघ–चिततवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लागि बैंकिङ तथा कर नीतिहरु संघ अपडेट भईरहनु पर्ने बताउनु भयो । उहाँले सरकारले लिएका बैंकिङ तथा कर सम्बन्धि नयाँ नीति, लगायतका बिषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा बैंकिङ नीति सम्बन्धी सुवर्ण बुढाथोकी र कर सम्बन्धी विमन कार्कीले पशिक्षणको भूमिका गर्नुभएको थियो । प्रशिक्षक सुवर्ण बुढाथोकीले बैंक र व्यवसायको भुमिकाको बारेमा व्यवसायीहरुलाई जानकारी दिनुभएको थियो भने कर सम्बन्धी प्रशिक्षक विमान कार्कीले व्यवसाय र करको बारेमा व्यवसायीहरुलाई जानकारी दिनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष दय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली नारायणगढ जेसीजका पुर्व अध्यक्षहरु, उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, नारायणगढ जेसीजका कार्यसमिति र व्यवसायी सहित ७० जना उपस्थित रहेको थियो । नारायणगढ जेसीजका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम नारायणगढ जेसीसका परिवर्तन रेग्मीले सञ्चालन गर्नुभएको थियो ।