• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गायिका सोफियाको पीडा छोराले बाउ फ्लप निर्देशक, आमा फ्लप गायिका भन्छ


सोफिया थापा। पेसाले उपप्राध्यापक भए पनि रुचिको रुपमा गायनलाई समेत सँगसँगै अगाडि बढाइरहेकी छिन्। गीत-संगीतमार्फत समाजका विकृति/विसंगतिबारे बोल्दै आएकी छिन् उनी।

बुटवलमा जन्मिएकी सोफिया इन्डियन आर्मी पिताकी जेठी छोरी हुन्। उनले नेपाल मात्रै हैन, भारत र बेलायत पुगेर आफ्नो अध्ययन पूरा गरिन्।

उनले भाइ-बहिनीको विवाह भइसकेपछि मात्र आफ्नो घरजम बसालेकी थिइन्। चलिचत्र निर्देशक मनोज पण्डितसँग विवाह गरेकी गायिका सोफियाका आठ वर्षीय एक छोरा छन्। विवाहको दुई वर्षपछि बच्चा जन्माएकी गायिका तथा उपप्राध्यापक सोफिया थापाले आफूले भोगेको प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गरिन्ः

सुरुमा विवाहप्रति मेरो खासै सकारात्मक धारणा थिएन। जेठी छोरी भएपछि विवाह नगरी बस्दा भाइ-बहिनीको बाटो छेकेजस्तो पनि हुने रहेछ। उनीहरुलाई मबाट बाटो खुला छ भनिदिएँ। त्यसैले उनीहरुको विवाह मेरोभन्दा पहिला नै भयो। यो यस्तै छे भनेर मलाइ घर-परिवारले विवाह गर्न खासै कर पनि गर्नुभएन।

मेरो हजुरआमा हुनुहुन्थ्यो। उहाँ झनै एड्भान्स सोचको। विवाह गर्न मनै छैन भने नगर भन्नुहुन्थ्यो। तर उहाँको मनमा भने मेरो विवाह भइदिए हुन्थ्यो भन्ने थियो जस्तो लाग्छ। किनभने, मेरो विवाह भएको तीन दिनमै हजुरआमा बित्नुभयो।

०००
निर्देशक मनोज पण्डितसँग म बेलायतमा रहँदा चिनाजानी भएको थियो। उहाँको फिल्म ‘दासढुंगा’ बेलायतमा हामीले नै देखाएका थियौं। फिल्मको प्रतिक्रिया बुझ्ने समयमा हाम्रो भर्चुअल्ली कुरा भएको थियो।

युके बसेको झण्डै दुई वर्षपछि म एक महिनाको छुट्टी लिएर नेपाल आएको थिएँ। त्यो कुरा उहाँले पनि थाहा पाउनुभएछ। त्यही समयमा भेट्ने कुरा भयो।

नेपाल आएपछि काठमाडौंमै उहाँसँग भेट भएको हो। उहाँले नै मसँग विवाहको प्रस्ताव राख्नुभयो। घरमा एउटा अमेरिकावाला केटोको कुरा आएको रहेछ। सोच नमिल्ने केटोसँग विवाह गर्नुभन्दा मनोजजी नै ठिक लाग्यो। र, भेट भएको एक हप्तामै हामीले विवाह गर्‍यौं।

विवाह गरेपछि म फेरि युके फर्किएँ। पढाइ पूरा गरेर नेपाल आएँ। विवाह गरेको दुई वर्षपछि हामीले बच्चा जन्माउने योजना बनायौं। योजना अनुसार नै बच्चा पेटमा बस्यो।

बच्चा बसेको थाहा पाउने बित्तिकै सबैभन्दा पहिले श्रीमानलाई सुनाएँ। घर-परिवारमा त लाजले झण्डै तीन महिनापछि मात्रै सुनायौं।

बच्चा पेटमा आइसकेपछि कता-कता आँट हराएजस्तो हुने रहेछ। अब सधैं यस्तै कमजोर हुने हो कि, यस्तै सुतिरहन मन लाग्ने हो कि भन्ने सोचले मन अत्ताल्लिँदो रहेछ। यस्तो झण्डै तीन महिनासम्म भयो। करिअरको कुरा सोचेर उस्तै तनाव सिर्जना हुने रहेछ।

तीन महिनापछि भने म निकै जाँगरिलो भएर निस्किएँ। खाना पकाउन मन नपर्ने मलाई नयाँ नयाँ रेसिपी बनाएर खान मनपर्थ्यो।

बच्चा पेटमा आएपछि चिकित्सकसँग भने नराम्रो अनुभूति रह्यो। सुरुमा चेकअप गराउन गएको डाक्टरसँग मैले कम्फर्टेबल फिल नै गर्न सकिनँ। कसैलाई नदेखाएको शरीर अरुलाई देखाउनुपरेको छ, उसले झनै डर देखाउने काम गरेको छ। श्रीमानसँग चेकअप गर्न गएकी थिएँ। उहाँ जाँच सकेर निस्कनुभयो। म चाबहिलको स्तुपामा बसेर भक्कानिएर रोएँ।

भर्खर युकेबाट आएको, साथीहरु पनि कोही थिएनन् मेरा। स्कुल पढ्दाको एक जना साथीलाई फोन गरें। उनको पहिल्यै बच्चा भइसकेको थियो। त्यो समयमा उनले दिएको मोटिभेसनलाई कहिल्यै भुल्न सक्दिनँ। उनैको सल्लाहमा हामीले अस्पताल परिवर्तन गर्‍यौं। पाटन अस्पताल पुगेपछि मात्रै मैले कन्फर्टेबल महसुस गरें।

बच्चा पेटमा हुँदा अनेकथरी कुरा सुनिने रहेछ। अस्पतालमा बच्चा साँटिदिन्छन् भन्ने कुराले अझै तनाव हुने रहेछ। तर नर्सले बच्चा छातीमा टाँसिदिने, अनुहार देखाइदिने र हातमा आमाको नामको ट्याग राखिदिने रहेछन्।

एकछिन बेस्सरी पेट दुख्छ, फेरि रोकिन्छ। यो क्रम बढ्दै जान्छ। समय घट्दै जान्छ। ब्यथा लाग्ने भनेको यही रहेछ। हामी दुवैलाई थाहा थिएन। मलाई त व्यथा लाग्ने भनेको अरु नै केही हुने होला जस्तो लागेको थियो।

बच्चा पेटमा आएपछि हामीले लिंग त हेरेनौं तर नाम भने सोचिसकेका थियौं। छोरा भए अग्रिम, छोरी भए अग्रिमा। मेरो नाम ‘स’बाट आउने भएकाले हरेक काममा अल्फाबेट अनुसार अन्त्यमा पालो आउँथ्यो। मेरो बच्चाको सबैभन्दा अगाडि पालो आओस् भनेरै मैले छोराको नाम ‘अ’ बाट सोचेको थिएँ।

छोरा जन्माउँदा शल्यक्रिया गर्नु परेन। सामान्य जन्माएँ। भन्न जति सजिलो छ, बच्चा जन्माउन त्यति सजिलो भने भएन।

म भेजिटेरियन। त्यसैले सुत्केरीको समयमा पोषिलो खानेकुराको अभाव भयो। बच्चा रातभर रुन्थ्यो, के भयो थाहै पाउन सक्दैनथें।

बच्चा जन्मिएको एक महिनापछि माइती गएँ। आमाले छोराले टन्न दूध नै खान पाएको रहेनछ भन्नुभयो। भैंसीको दूध आधा बोतल दिएको घटघटी पियो। त्यो क्षण मेरा लागि निकै पीडादायी थियो।

एउटी आमा भएर छोरा भोकले रोयो होला भन्ने सोच किन आएन भनेर भक्कानिएँ। टन्न दूध खान नपाउँदाको कमजोरीका कारण मेरो छोरा शरीरिक रुपमा कमजोर छ जस्तो मनमा लागिरहन्छ।

बच्चालाई विद्यालय राख्ने कुरामा उस्तै समस्या आउने रहेछ। त्यहीँमाथि हामी बालमैत्री समाजमा छैनौं। जन्मने बित्तिकै उसलाई पढ्न समेत प्रतिपस्पर्धीलाई उछिन्ने वातावरण तयार पारेका छौं। त्यो कलिलो मष्तिस्कमा जन्मने बित्तिकै ट्युसन, कोचिङ र इन्ट्रान्स इक्जामको भारी अति भएन र?

अझै मेरा केही साथीहरु यस्ता छन्, विद्यालयको भवन र स्विमिङ पुलतिर उनीहरुको आँखा गइरहेको हुन्छ। त्यहाँभित्र कस्तो वातावरण छ, आफ्ना छोराछोरी कस्ता बालबालिकाको संगतमा हुन्छन्, पढाइ कस्तो हुन्छ उनीहरुलाई मतलब हुँदैन। छोराछोरीको विद्यालय भवन सानो छ भने ठूलो भवनवाला साथीले हेप्ने हो कि भन्ने सोच राख्छन् अहिलेका अभिभावक।

मेरो छोरो पनि सुरुमा पढाइमा कमजोर छ भनेर कम्प्लेन आउन थाल्यो। अरुका छोराछोरीले वान टु टेनसम्म लेख्न/पढ्न जान्दा मेरो छोराले बल्ल वान लेख्न जानेको थियो। तपाइँको बच्चालाई त जति सिकाए पनि आउँदैन भनेर शिक्षकहरु कम्प्लेन गर्थे।

अहिले बालबालिकाले सिकेन भने शिक्षकले पढाउन नजानेको भन्ने चलन छ। यसले पनि शिक्षकहरुलाई प्रेसर बढ्ने र उनीहरु जसरी हुन्छ बच्चालाई तनाव दिएर पढ्न लगाउने गर्छन्।

मैले मेरो छोरालाई तनाव दिएर नपढाऊ भन्दा भोलि केही सिकाएन भनेर कम्प्लेन गर्ने पनि तपाइँ नै हो भनेर त्यहाँकी शिक्षिकाले भनेकी थिइन्।

मेरो छोरो बोल्न सिपालु छ। स्टोरी लेख्न मन गर्दैन, आफैं बनाएर भन्न मन पराउँछ। उसको झुकाव कला, गीत-संगीतमा छ। त्यसैले त्यतैतिर उसलाई बढी व्यस्त बनाउने गरेका छौं। ऊ आफैं सिप ठूलो हो भन्छ।

आजभोलिको बच्चाको सानैमा लभ पर्ने। मेरो छोरालाई पनि एउटी सहपाठी छात्रा दिनदिनै ‘आई लभ यु’ भन्दिरहिछिन्। यतिसम्म कि, ती छात्राले घरमा फोन समेत गर्थिन्। पछि बुझ्दै जाँदा उनलाई कलामा निकै झुकाव रहेछ। बाउ फिल्मको निर्देशक, आमा गायिका भनेपछि उसलाई हाम्रो छोरो मन परेछ।

बाबु-आमाको प्रोफेसनले समेत बच्चालाई प्रभाव पार्दोरहेछ। हाम्रो छोरा भने हामीलाई कत्ति पनि गन्दैन। बाउ फ्लप निर्देशक र आमा फ्लप गायिका भन्छ।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.