• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

लुम्बिनीका सांसदको घरभाडा एक वर्षको एक करोड बढी!


लुम्बिनी प्रदेशका सांसदहरूले घरभाडा बापत एक वर्षको एक करोड ७ लाख रुपैयाँ भन्दा बढी भुक्तानी लिएका छन्।

मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख लगायतको लागि सरकारी निवास उपलब्ध भएपनि प्रदेशसभाका सांसदहरूले हरेक महिना घरभाडा र घर मर्मतको नाममा हजारौं रुपैयाँ भुक्तानी लिँदै आएका छन्।

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै प्रदेशका ८१ जना सांसदहरूलाई एक करोड ७ लाख ७८ हजार २ सय ७ रुपैयाँ प्रदेशसभा सचिवालयमार्फत घर भाडा भन्दै भुक्तानी गरिएको हो।

सचिवालयका अनुसार रुपन्देहीमा घर नभएका सांसदहरूलाई घरभाडा र रुपन्देहीमा घर भएका सांसदहरूलाई घर मर्मत सम्भारको नाममा हरेक महिना रकम उपलब्ध हुन्छ। जिल्लामा घर नभएका सांसदहरूले गत मंसिर महिनासम्म घरभाडा बापत मासिक १५ हजार बुझ्दै आएकोमा पुस महिनामा १६ हजार १३३ र माघ महिनादेखि भने १७ हजार रुपैयाँ बुझ्दै आएका छन्।

त्यस्तै रुपन्देहीमै घर भएका सांसदहरूले पनि घर मर्मतसम्भारको लागि भन्दै गत मंसिर महिनासम्म ७ हजार ५ सय रुपैयाँ बुझ्दै आएकोमा पुस महिनामा ८ हजार ६६ र माघदेखि भने ८ हजार ५ सय रुपैयाँ बुझ्दै आएका छन्।

यसरी ८१ जना सांसदले घरभाडा र मर्मतको नाममा १ करोड ७ लाख ७८ हजार बढी रकम भुक्तानी लगेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ४० जना सांसदले प्रतिव्यक्ति एक वर्षको १ लाख ९३ हजार १३३ रुपैयाँ रकम घरभाडा बुझेका छन्। त्यस्तै ४ जना सांसदले प्रतिव्यक्ति १ लाख ७८ हजार १३३ र १४ जना सांसदले प्रतिव्यक्ति ९६ हजार ५६६ रुपैयाँ भुक्तानी लगेका छन्।

केही सांसदहरूले भने १५ हजार, ३० हजार र ४५ हजारको दरले भुक्तानी लिएका छन्। सरकार परिवर्तनसँगै मन्त्रीहरू फेरिएपछि रकम लैजानेहरूको विवरण र रकमपनि फेरबदल भएको हो।

अघिल्लो साउनमा सरकारबाट बाहिरिएका प्रदेशका पूर्व-मुख्यमन्त्री तथा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले ११ महिनाको घरभाडा बापत २ लाख ३० हजार ६ सय ६६ रुपैयाँ भुक्तानी लिएका छन्।

साउनमा सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री निवास छोडेका पोखरेलले भदौदेखि मंसिरसम्म मासिक १५ हजार रुपैयाँ लिएकोमा पुस महिनामा २० हजार ६६६ र माघ महिनादेखि भने मासिक २५ हजार रुपैयाँ घरभाडा बुझ्दै आएका छन्।

पोखरेलले घरभाडा बापत मासिक २५ हजार रुपैयाँ बुझ्दै आएपनि रुपन्देहीमा उनले घरभाडामा भने लिएका छैनन्।

जिल्ला फरक परेपनि बुटवलदेखि १५ किलोमिटरको दुरीमा रहेको पाल्पाको तिनाउ गाउँपालिका घर रहेका माओवादीका सचेतक तुलाराम घर्तीमगरले पनि घरभाडा भन्दै मासिक १७ हजार रुपैयाँ लिँदै आएका छन्। तिनाउ गाउँपालिकाबाटै नियमित बुटवल आउजाउ गर्दै आएका घर्तीले पनि बुटवलमा घरभाडामा लिएका छैनन्।

पोखरेल र घर्तिमात्र होइन पाल्पा, नवलपरासी र कपिलवस्तुमा घर भएका अधिकांश सांसदहरूले घरभाडा भन्दै सरकारी कोषबाट रकम लिँदै आएपनि रुपन्देहीमा घरभाडामा नलिई आआफ्नै घरबाट बुटवल आउजाउ गर्दै आएका छन्।

यस्तै रुपन्देहीमै घर भएका र घर मर्मतको नाममा सरकारी कोषबाट रकम लैजानेमा एमालेका सचेतक भुमिश्वर ढकाल, सुनिताकुमारी ठठेर, थानकुमारी थापा, कमलादेवी विक, भोजप्रसाद श्रेष्ठ, एमालेका कृष्णप्रसाद न्यौपाने, विष्णुप्रसाद पन्थी, तुलसीप्रसाद चौधरी र लिला गिरी, विमला शर्मा पन्थी रहेका छन्।

त्यस्तै नेपाली कांग्रेसका सचेतक फकरुद्दिन खान, मन्त्री समेत रहेका नेपाली कांग्रेसकै वसीउद्दिन खान, रमा अर्याल, पुष्पा थरुनी र अष्टभूजा पाठक छन्। त्यस्तै रुपन्देहीमै घर भएकी माओवादीकी दीपा विकले पनि घर मर्मत भन्दै हरेक महिना रकम बुझ्दै आएका छन्। उनीहरूले हरेक महिना ८ हजार ५ सय रुपैयाँ घर मर्मतको नाममा भुक्तानी लैजाने गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता एवं सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन्।

लुम्बिनी प्रदेशका प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी बनेको ऐनअनुसार संसद सचिवालयले प्रदेशसभा सदस्यहरूलाई घरभाडा र घर मर्मतसम्भारको लागि रकम उपलब्ध गराउँदै आएको सुवेदीले जानकारी दिइन्।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभाका सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी बनेको ऐनअनुसार रकम लिँदै आएको बताए। श्रेष्ठले पदाधिकारीको सेवा सुविधाको विधेयक निर्माणको क्रममा रुपन्देहीमा घर भएपनि प्रदेशसभा भन्दा २० किलोमिटर टाढा घर भएकाहरूलाई घरभाडा बापत रकम दिने बारे छलफल हुँदा आफूले नै घर भाडा नभई घर मर्मत सम्भारको लागि आधा रकम उपलब्ध गराउनु पर्ने प्रस्ताव गरेको र सोहि अनुसार रकम लिँदै आएको बताए।

यसअघि पहिलो एक वर्ष घरभाडा भन्दै मासिक १५ हजार रुपैयाँ लिएका रुपन्देही घर भएका एमालेका ६ जना सांसदले २०७५ साल माघ २४ गते घरभाडा रकम नलिने घोषणा गरेका थिए। उनीहरूले प्रदेश सभा स्थापना भएको एक वर्ष सम्म थाहै नपाई घरभाडा बापतको रकम प्रदेशसभा सचिवालयले खातामा पठाएको भन्दै उक्त रकमलाई सामाजिक कोष बनाउने घोषणा समेत गरेका थिए।

यसरी घोषणा गर्नेहरूमा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल, दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरी, डा. कृष्ण न्यौपाने र कमला बिक थिए। न्यौपानेलाई नेकपा विभाजनपछि एमाले पार्टी रोजेको भन्दै माओवादी केन्द्रले कारबाही गरेपछि प्रदेशसभा सदस्य पद खोसिएको छ।

तत्कालीन नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो। त्यसपछि मात्र सांसदहरूले घरभाडा बापतको रकम नलिने घोषणा गरेका थिए।

तर घर मर्मतको नाममा भने मासिक रकम बुझ्दै आएका थिए। नेपाली कांग्रेसका सांसदहरूले भने उतिबेला पनि घर भाडा बापत रकम नलिने कुनै घोषणा गरेका थिएनन्।
साभार

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.