• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

बस् अमेरिका पुग्ने धोको!


फेसबुकमा कोही अपरिचितले ‘हाई’ भन्यो।

मैले म्यासेज सीन गरेर एकैछिन पर्खिएँ रिप्लाई गर्न। फेरि पनि उतैबाट ‘हलो ब्युटिफुल’ आइहाल्यो।

‘तिमी मलाई चिन्छौ?’ मैले सोधें।

केटाले नचिने पनि अब चिनौ न भन्यो। सन्चो बिसन्चो घर कता के यस्तै कुरा भयो। सुरूआतमा हुने भनेको नै यस्तै कुरा त हुन नि। मैले पनि आफू बिरामी भएर घरमै आरामका लागि बसेको बताएँ।

केटाले आफ्नो पनि बिदाको दिन परेकोले कुरा गर्न समय मिलेको बतायो।

हामी दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पस सम्मका पढाइको कुरा गर्यौ। केटा अमेरिकामा रहेछ। म भने स्नातक सकेर जागिरको खोजीमा थिएँ। घरपरिवारको पनि कुरा भयो। केटाले आफ्ना परिवारका सबै अमेरिकामा रहेको बतायो।

केटाको यो कुराले मलाई कता कता लोभ्याउँदै थियो। मनमा अमेरिका घुम्ने र फेसबुकमा अमेरिकाका ठूलाठूला सालिक, हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै गरेका अनि बडेमानका पुलमाथि बत्तिने कारमा कुदेको फोटो खिचेर सबैलाई देखाउने सपनाले एकै पटक पहिले मरेका आशा फेरि पलाए।

केही महिना अघि मात्रै मेरो विद्यार्थी भिसा रिजेक्ट भएको थियो।

केटाका आफन्त पनि सबै विदेशमा छन् भने पछि मैले कुराको रफ्तार बढाएँ। केटाले पनि मेरो फेसबुकमा भएका सबै फोटा हेरि भ्यायो। गोरा गाला, बाटुलो अनुहार कतै घुँडाभन्दा माथिसम्म देखिएका छोटा पहिरन अनि झरनाको बीचमा चिसो कपालमा पालता लुगा लगाएर खिचेका फोटाले ऊ भित्रको रासायनिक पुरूषलाई बिउँझायो। मैले पनि उसको फेसबुकमा भएभरका फोटो हेर्न भ्याए।

साथी पाएर दंग केटाले म्यासेन्जरमा नै भर्चुअल चुम्बन, चकलेट, लभ इमोजी पठाउन थाल्यो। मैले धन्यवाद सहितको एक्साइटेड् इमोजी पठाएँ।

कुराको गति बढ्दै गयो। ऊसँग मलाई माया, प्रेम केही थिएन थियो- बस् अमेरिका पुग्ने धोको।

केटाले एउटा असल साथीको खोजीमा रहेको बतायो। म पनि फुरुंग भई उसका कुरा सुनेर। मैले पनि उसको कुरालाई सही थाप्दै ‘साँच्चै ? म पनि एउटा साथीकै खोजीमा थिएँ।’ भन्न भ्याएँ।

केटाले खुसी हुँदै म्यासेन्जरमा एउटा रातो गुलाफको फूल पठायो उसको यो शुभ संकेतलाई मैले पनि सम्मान गरेर रातो ओठको चुम्बन पठाउन भ्याएँ।

एकैछिन अघिको ‘हाई’बाट सुरू भएको कुराकानीले अब प्रेमको रूप लियो। अँध्यारो रातमा विवेक र बासनासँगै लठारिन आइपुगे।

एकले अर्कालाई खुबै माया गरेको घोषणा गर्यौं।

‘यु आर क्युट। आइ लाइक यु’

‘डन्ट से हेट। यु लुक रफ एण्ड स्टिल हेण्डसम। आई लब यू’

‘बेबी लभ मी’

‘बेबी एम डाइङ फर लभ’

कुराको सिलसिला अझै सकिएन। मेरो मोबाइलको ब्याट्रीले अफ हुन लागेको संकेत गर्दै थियो। घडीले रातको १ बजाइसकेको थियो।

यो प्रेम अब विवाहमा परिणत हुन कुनै बेर नलाग्ने कुरा मेरो मनमा फूलझैं फक्रियो। अनि सँगै फक्रियो अमेरिका घुम्ने सपना।

म्यासेन्जरको भिडिओ कलमा हामी एक अर्काका राजा रानी भइसकेका थियौं। कुराहरूको अन्तहीन श्रृङ्खला एकपछि अर्कोको विषयमा गए तर कुरा टुङ्गिएन। दुबै रात पूरै बितेर छर्लङ्ग उज्यालो हुँदासम्म पनि हामी गफ मै मस्त भयौं।

रातमा के कुरा हुन सक्छ? उही जिन्दगी, सम्बन्ध, साथ। प्रेम र प्रेमका मात्रै कुरा भए। आधुनिक जमानाका केटाकेटीलाई कुनै कुराले मनको कुरा गर्न छेक्न सक्ने कुरै भएन। मनका कुरा, तनका कुरा। अनि नितान्त शरीरका कुरा। हामीले भिडिओ कल मै हनिमुन मनायौं शरीरबाहेक अरू सबै कुरा प्राप्त हुने गरी।

मिरमिरे उज्यालो भयो, तर कुरा सकिएन, अनि मैले उसको कुरालाई काट्दै भनें,

‘हनी, रातै पो बितेछ। कस्तो थकाइ लागेझैं पो भयो त डियर’

बेलुका म्यासेन्जरमै भेट्ने सहमतिमा म निदाउनतिर लागें। अब योभन्दा बढी कुरा गर्न न त विषय थियो न त शक्ति नै। दुबै जनाको शक्ति क्षीण भएको थियो रात भरमा। दुनिया बिउँझियो, तर म निदाएँ, प्रेमको बिउ रोपेर।

बा–आमा सबेरै उठेर कामतिर लाग्नु भएछ म रातभरको निन्द्रा पुर्याएर उठ्दा त दिउँसो २ बजिसकेछ। फ्रेस भई रातको उही म्यासेज दोहोर्‍याएर पढ्दै अमेरिका पुग्ने लड्डु मनमा फुराउँदै थिएँ।

साँझ पर्यो म उसकै पर्खाइमा बस्दै थिएँ। तर ऊ अनलाइन आएन। रात भयो, मैले उसलाई एकोहोरो म्यासेज गरिराखें। उसको म्यासेजको पर्खाइमै म निदाएछु बिहान भयो तर पनि उसलाई अनलाइन देखिनँ।

कहीँकतैबाट उसको म्यासेज आउला भनेर म बारबार मोबाइल हेर्थें। तर देखिनँ। एकदिनको सोसल मिडियाको लभ त हो, न मलाई प्रेम थियो न माया। मैले गाडीमा यात्रा गर्दा चिनेको व्यक्ति गाडीबाट ओर्लेपछि सम्बन्ध सकियो भन्ने सोचेर मन बुझाएँ। अनि अमेरिका पुग्ने रहर मारें र म आफ्नै दैनिकीतिर लागें।

एकदिनको कुरा हो म बिहान उठेर मोबाइल चलाउँदै थिएँ।

फेसबुक स्क्रोल गर्ने क्रममा उही नवीनको फोटो देखें जोसँग म रातभर गफमा मस्त थिएँ। उसको नाममा ठूलै समाचार बनेछ।
‘विद्यार्थी भिसा अमेरिका गएको तर, पढाइ पूरा गर्न नसकेपछि स्वदेश फर्कन नसकेर उतै बस्दै आएका नेपाली नागरिक नवीन गैरकानुनी रूपले बसेको’ समाचार रहेछ। पुलिसले पक्राउ गरी आजीवन जेल चलान गरेको रहेछ।

यो समाचारले मेरा हात काम्दै थिए। खुट्टा डगमगाए। काम्दै गरेका हातले बोतल उचालेर पानी पिएँ। समाचारले मलाई निकै छट्पटी गरायो। फेसबुक स्क्रोल गर्दै गएँ। जताततै उसकै नाममा आएका समाचार देखें।

अमेरिकाको एक्लो जीवनले उसलाई गलत बाटोमा लगिसकेको रहेछ। केटी शब्द नै उसको कमजोरी बनिसकेको रहेछ। बेलुका कुरा गर्ने बाचा गरेर गएको नवीन सदाको लागि बिदा भएछ। यो घटनाले मलाई प्रत्येक रात झक्झाकाउने गरेको छ।

साभार

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.