• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

लालटिन बालेर सुरु भएको विद्यालय : जसले गर्छ वर्षेनी रेकर्ड ब्रेक, यस्ताे छ नालीबेली

चितवन । चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविले यस वर्षको एसईई पनि रेकर्ड ब्रेक गरेको छ । यस पटकको एसईई परीक्षामा नारायणी नमुना माविमा अध्ययनरत एक छात्रले चार जिपिए ल्याए । सामुदायिकतर्फ ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याएको सम्भवतः नेपालमै नारायणी मावि पहिलो भएको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी दावी गर्छन् ।

नारायणी नमुना माविका प्रशान्त अधिकारीले ४ जिपिए ल्याएका हुन्। गोरखा जिल्ला अजिरकोट गाँउपालिका ३ घर भएका अधिकारीले माध्यमिक तह एसईईमा ४ जिपिए ल्याएका हुन् । उनले सबै विषयमा ४ जिपिए ल्याएका हुन् । नारायणी नमुना मावि ३८२ जनाले एसईई दिएका मध्ये ९३ जनाले ‘ए’ प्लस ल्याएका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार १०९ जनाले ‘ए’, ८४ जनाले ‘बी’ प्लस, ५० जनाले ‘बी’ र ४३ जनाले ‘सी’ प्लस र ३ जनाले सी’ ल्याएका छन् । डि, डि प्लस, ई प्लस ल्याउने विद्यार्थी एक जना पनि छैनन् ।

‘नारायणी नमुना माविले वर्सेनि रेकर्ड ब्रेक गरिरहेको छ । यस पटक पनि चितवनमा सामुदायिक विद्यालयमा ४ जिपिए ल्याउने नारायणी नमुना माविमात्र एक्लो हो । सम्भवतः नेपालमै हामी पहिलो हुन सक्छौँ ।’

प्रधानाध्यापक दवाडीले सामुदायिकतर्फ यति धेरै विद्यार्थी एसईईमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार नारायणी नमुना माविमा हाल २२ सय विद्यार्थी अध्ययनरत रहेका छन् । दवाडीले भने, ‘नारायणी नमुना माविले वर्सेनि रेकर्ड ब्रेक गरिरहेको छ । यस पटक पनि चितवनमा सामुदायिक विद्यालयमा ४ जिपिए ल्याउने नारायणी नमुना माविमात्र एक्लो हो । सम्भवतः नेपालमै हामी पहिलो हुन सक्छौँ ।’

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर दसमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ । यस विद्यालयमा भर्नाको समयमा मन्त्रीदेखि सांसदले आफ्नो विद्यार्थी भर्नाको लागि आग्रह गर्दै आएका प्रअ दवाडी बताउँछन् ।

नर्सरीदेखि पाँच कक्षासम्म एवं कक्षा ११ र १२ मा अंग्रेजी भाषा माध्यम तथा ६ देखि दस कक्षासम्म नेपाली र अंग्रेजी दुबै भाषामा पढाइ हुन्छ । अंग्रेजी भाषामा शिक्षण सुरु गरेपछि संस्थागत विद्यालयमा पढेका विद्यार्थीको समेत आकर्षणको केन्द्र बन्न सफल भएको छ । विद्यालयमा नजिकैकामात्र नभई दस किलोमिटर टाढाबाट पनि साइकलमा विद्यार्थी यहाँ पढ्न आउँछन् । ‘संस्थागत विद्यालयका विद्यार्थी बढीमात्रामा भर्ना हुन आइरहेका छन्, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी यहाँ पढिरहेका छन्’ प्रअ दवाडीले भने, ‘कक्षा आठदेखि माथिको पढाइका लागि यहाँ भर्ना हुन आएका छन् । ६ र सात कक्षामा भर्ना हुन आएकाहरु पनि छन्, तलका कक्षाहरुमा पनि पछिल्लो वर्षहरुमा चाप बढेको छ । प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्दै आएका छौँ ।’

लालटिन बालेर सुरु भएको विद्यालय
‘रात्रिकालीन विद्यालय चलाउनको लागि यो विद्यालय खोलिएको हो, वास्तवमा भन्नुहुन्छ भने लालटिन बालेर यो विद्यालय सञ्चालनमा ल्याइएको हो । लालटिनबाट सुरु भएको यस विद्यालयले आफ्ना विद्यार्थीलाई प्रोजेक्टरबाट अध्यापन गराउन सफल भएको छ । एउटा झुपडीबाट सुरु भएको यस विद्यालयले अहिले ठूलठूला भवनहरु बनाउन सफल भएको छ । यस विद्यालयसँग यतिबेला छ बिघा चार कठ्ठा चौध धुर जग्गा छ । एक बिघा जग्गा विद्यालयले भाडामा सप्तगण्डकी बहुमुखी क्याम्पसलाई भोगचलन गर्न दिएको छ ।’

चितवनको अब्बल सामुदायिक विद्यालय नारायणी नमुना माध्यमिक विद्यालय लालटिन बालेर सुरु भएको मानिन्छ । ५४ वर्षअघि २०२० सालमा यो विद्यालयले रात्रिकालीन सेवा चलाएको थियो । प्र.अ दवाडीले भने, ‘रात्रिकालीन विद्यालय चलाउनको लागि यो विद्यालय खोलिएको हो, वास्तवमा भन्नुहुन्छ भने लालटिन बालेर यो विद्यालय सञ्चालनमा ल्याइएको हो । लालटिनबाट सुरु भएको यस विद्यालयले आफ्ना विद्यार्थीलाई प्रोजेक्टरबाट अध्यापन गराउन सफल भएको छ । एउटा झुपडीबाट सुरु भएको यस विद्यालयले अहिले ठूलठूला भवनहरु बनाउन सफल भएको छ । यस विद्यालयसँग यतिबेला छ बिघा चार कठ्ठा चौध धुर जग्गा छ । एक बिघा जग्गा विद्यालयले भाडामा सप्तगण्डकी बहुमुखी क्याम्पसलाई भोगचलन गर्न दिएको छ ।’

तीन बिघामा रहेको विद्यालय हाताभित्र तीन वटा पक्की भवनहरु छन् । यहाँ नेत्रहीन विद्यार्थीहरुको पनि पढाइ हुन्छ । छात्रावास तथा बौद्धिक अपांगता भएका विद्यार्थीले पढ्ने तीन वटा अलगअलग भवनहरु छन् । प्रयोगशाला ल्याबदेखि कप्युटरको सम्पूर्ण सुविधा छ । हरेक कोठामा प्रोजेक्टरबाट पढाइ हुन्छ । विद्यालयमा झन्डै ७५ जना शिक्षक छन्, जसले २२ सय विद्यार्थीलाई अध्यापन गराउँछन् ।

यसरी बन्यो विद्यालय नमुना

सुरुमा यस विद्यालयको नारायणी प्रावि थियो । स्थात्यसपछि निमावि, मावि, भयो । २०६९ जेठ ६ गते स्वर्ण महोत्सव मनाएकै दिनदेखि यस विद्यालयलाई नारायणी नमुना मावि बनाइयो । एक सय ५० सूचांक रहेको सरकारी मापदण्ड पूरा गरेकोले देशभित्र पहिलोपटक २०७० सालमा सरकारले यस विद्यालयलाई नमुना मावि घोषणा गरेको हो । लालटिनको उज्यालोमा पढ्ने, पढाउनेबाट सुरु भएको विद्यालय अहिले देशकै उत्कृष्ट विद्यालय बनेको छ ।

एक सय ५० सूचांक रहेको सरकारी मापदण्ड पूरा गरेकोले देशभित्र पहिलोपटक २०७० सालमा सरकारले यस विद्यालयलाई नमुना मावि घोषणा गरेको हो । लालटिनको उज्यालोमा पढ्ने, पढाउनेबाट सुरु भएको विद्यालय अहिले देशकै उत्कृष्ट विद्यालय बनेको छ ।

यस विद्यालयबाट पहिलोपटक २०२४ सालमा पाँच जना छात्रले एसएलसी परीक्षा दिएका थिए। २०७८ सालको एसईईमा यस विद्यालयबाट ३८२ जनाले एसईई परीक्षा दिए् ।

कति पायो पुरस्कार ?
नारायणी नमुना माविले २०४३ सालबाट पुरस्कार पाउन थालेको हो । २०४३ सालको शिक्षा दिवसमा क्षेत्रीय पुरस्कारस्वरुप ५० हजार रुपैयाँ विद्यालयले पायो । २०६९ सालमा राष्ट्रिय पाँचौं भई पाँच लाख नगद पायो । २०७० सालमा राष्ट्रिय छैटौं र २०७१ सालमा राष्ट्रिय एक्काइसौँ भएर नगद एक लाख विद्यालयले जित्यो । यसबाहेक साना र ठूला गरी नारायणी नमुना माविले सयौँ पुरस्कार जितेको प्र.अ दवाडी बताउँछन्
मकालु खबर

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.