• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

पोखराका मेयरको गुनासोः सबैले ‘मेरो घरको नजिक फोहर नफाल’ भन्छन्


पोखरामा बनेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ। हवाई सेवाको नियमनकारी निकाय (क्यान)ले जनवरी एकदेखि उडान संचालन गर्ने भनेर निर्णय गरेपनि विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएको पोखराको ल्याण्डफिलसाइट व्यवस्थापनको टुंगो भने अझै लागेको छैन।

जतिसक्दो छिटो ल्याण्डफिलसाइट व्यवस्थापन नगरे विमानस्थल संचालन नहुने प्राधिकरणले बताईसकेको छ। त्यसैले हाल फोहर व्यवस्थापन गरिरहेको ल्याण्डफिलसाइट कुनै हालतमा अन्यत्र सार्नुपर्ने दवावमा पोखरा महानगरपालिका छ। किनकी ल्याण्डफिलसाइट व्यवस्थापन गर्ने जिम्मा पोखरा महानगरपालिकाको हो। जति सक्दो छिटो ल्याण्डफिलसाइट अन्यत्र सार्नेपर्ने दवावमा महानगर छ। प्राधिकरणले हवाई सेवा सुरु गर्ने दिन तोकिदिएपछि त महानगरलाई झनै ठुलो चुनौती थपिएको छ। त्यसैले केहीदिनभित्रै ल्याण्डफिल साइट व्यवस्थापन गरिहाल्नुपर्ने दवावमा महानगर छ।

ल्याण्डफिलसाइट सार्नका लागि पोखरा महानगरले तदारुकता नदेखाएको पनि होईन। तर, सबैले ‘मेरो घरको नजिक फोहर नफाल’ भनेर भनेपछि महानगरलाई सकस परेको छ। महानगरका मेयर धनराज आचार्य भन्छन, ‘फोहर नफाली नहुने, तर, मेरो घर नजिक नफाल भनेपछि व्यवस्थापन गर्न कठिन भएकै हो। सबैतिरबाट विरोधै विरोध आएपछि कसरी व्यवस्थापन गर्न सकिन्छ?’

महानगरले यसअघि पोखरा आसपासका दुुइठाउँमा फोहर व्यस्थापन गर्ने प्रयास गरेको हो। तर दुवैठाउँबाट विरोध निम्तिएको मेयर अचार्य बताउँछन। ‘फोहर व्यस्थापन टेन्सनको विषय बनेको छ जतिसक्दो छिटो फोहर व्यवस्थापनको टुंगो लगाउन जरुरी छ।’

फोहरको यही सकसलाइ कम गर्ने गरि महानगर विभिन्न ठाउँको व्यस्थापन अभ्यास हेर्ने दौडधुपमा पनि छ। यही क्रममा महानगरका मेयर आचार्य सहितको टोली धरान पुगेको थियो। धरान उपमहानगरपालिकाले गरेको फोहर व्यवस्थापनको तरिका सिक्न र बुझ्नका लागि पोखराको टोली धरान पुगेको मेयर आचार्यले बताए। ‘हामीले अबको दुइसाताभित्र फोहर व्यवस्थापनको टुंगो लगाउनै पर्छ,’ आचार्यले भने, ‘धरानको लोभलाग्दो तरिका सिक्न हामी गएका हौ।’ मेयर आचार्य सहित महानगरका दुइजना वडाध्यक्ष, वातावरण विभागका पदाधिकारी, प्राविधिकको टोली धरान पुगेर त्यहाँको अभ्यास बुुझेको आचार्यले बताए।

‘अब हामीले पनि कुहिने र नकुहिने फोहर भनेर छुट्याएर व्यवस्थापन गर्नुपर्छ। धरानले फोहरबाटै मल र ग्यास उत्पादन गरेको छ,’ उनले भने, ‘त्यो अभ्यास हाम्रा लागि पनि उपयुक्त हुन सक्छ । तर, यो काम तत्काल गर्नुपर्ने हुन्छ। किनकी हामीसँग पर्याप्त समय छैन।’ धरानमा अहिले फोहर व्यवस्थापन गर्दै निकालेको ग्यासबाट ट्याम्पो चलाएकोले त्यही खालको सिकाई पोखरामा सम्भव भए नभएको बुझने प्रयास गरेको उनले बताए। ‘हामीले पनि धरानको प्रविधि सिक्न चाहेका हौ। धरानमा गरिएको अभ्यासबारे त्यहाँको टिमले हामीलाई जानकारी दिएको छ। तर, हामी आफै भौतिक रुपमा उपस्थित भएर सिक्न चाहेका हौ,’ मेयर आचार्यले भने।

विमानस्थलका कारणले पनि ल्याण्डफिलसाइट छिटो सार्न दवाव रहेको उनले बताए। विमानस्थलको डेढ किलोमिटरको दूरीमा रहेको अहिलेको ल्याण्डफिलसाइटका कारण चराको गतिविधि विमानस्थल क्षेत्रमा बढ्ने र त्यसले हवाई उडान र अवतरणमा असर पर्ने विज्ञहरुले बताईसकेका छन।

‘विमानस्थल जनवरी एकदेखि संचालन हुने भनेपछि हामीलाई हतारो भएको हो। किनकी विमानस्थल संचालन हुनुभन्दा केही महिना अघि त ल्याण्डफिलसाइट सार्नैपर्छ,’ उनले भने, ‘नयाँ ठाउँमा विरोध मात्र हुन्छ । फोहर नफालि पनि भएको छैन। तर, ठाउँ पनि कसैले दिन खोज्दैनन।’

पोखरा महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बराल पनि पोखराको फोहर व्यवस्थापन निकै नै कठिनको विषय भएको बताउँछिन्। ‘फोहर व्यवस्थापनमा धेरै नै कठिनको विषय बनेको छ। गहिरो हिसाबमा व्यवस्थापन गर्नैपर्ने अवस्था छ। कुनै पनि हालतमा छिटोगरि काम गर्नुपर्ने अवस्था छ,’ बरालले भनिन, ‘हामीसँग निकै नै कम समय छ। त्यसैले अहिले दतारुकता देखाएका छौ।’ उनले पनि धरानको अभ्यास पोखराका लागि गजबको सिकाई हुन सक्ने बताईन। ‘धरानमा फोहर निकै नै राम्रो तरिकाले भएको रहेछ। फोहर व्यवस्थापनमा धरानलाई कुनै टेन्सन नै छैन,’ उनले भनिन, ‘व्यवस्थापन पनि सहज भएको छ। व्यवस्थापनको अभ्यास पनि निकै नै लोभलाग्दो रहेछ।’

धरानको भन्दा पोखरासँग दैनिक संकलन हुने फोहर बढी हुने भएकोले केही समस्या भएपनि व्यवस्थापन गर्न अप्ठेरो नरहेको उनले बताईन। ‘धरानले संकलित सबैखाले फोहरलाई कुनै न कुनै रुपमा व्यवस्थापन गरेको छ। कुहिने र नकुहिने सबै फोहर व्यस्थापन भएको छ,’ उनले भनिन, ‘हामीसँग कुहिने फोहरको समस्या बढी हो। नकुहिने भन्दा कुहिनेले समस्या पारेको छ। त्यसैले धरानको अभ्यास हाम्रा लागि झनै राम्रो हुनसक्छ।’ धरानले फोहर व्यवस्थापनका लागि मात्र २२ करोड रुपैयाँ खर्चेको उनले बताईन।

भेन्चर वेष्ट टु इनर्जी स्थानीय कम्पनिले धरानको फोहर व्यवस्थापन गरेको र त्यही कम्पनिले पोखराको फोहरलाई पनि व्यवस्थित गरिदिन चाहेको उनले सुनाईन। ‘धरानमा फोहर व्यवस्थापन गरिदिएको कम्पनिले पोखरामा पनि व्यवस्थापन गर्न चाहेको हो। त्यसका लागि ३० रोपनी क्षेत्रफल भए पुग्छ भनेका छन्। बस्तीको नजिक भएपनि पनि समस्या हुँदैन। धरानले त्यो पुष्टि गरेको छ,’ उनले भनिन।

पोखराले अहिले २ सय रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापन गरिरहेको छ पोखरामा दिनमा ३० वटा गाडीले सहरभित्रको फोहोर संकलन गर्छ। दिनमा करिब एकसय टन फोहर ल्याण्डफिलसाइटमा फ्याक्ने गरिएको छ। त्यसबाहेक अस्पतालबाट निस्कने थप सातटन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीनट्रिपसम्म फोहोर उठाउने गरेको छ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.