काठमाडौं । नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन । निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे ! निहारिका ! आमा, बुवासँग माफी माग । बच्चालाई सर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ । कत्ति नावालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि ? तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ?‘

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।
गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।
तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।
अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ। यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?..पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस



