काठमाडौँ — विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्क सहरमा सांघातिक आक्रमण भएको छ । न्युयोर्कमा एउटा कार्यक्रममा बोल्ने क्रममा रुस्दीमाथि आक्रमण भएको हो ।
आक्रमणपछि रुस्दी भुईँमा ढलेका थिए । रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।
प्रहरीले छुरा प्रहार भएको बताए पनि पीडितको नाम भने बताउन नबताएको एएफपीले जनाएको छ । रुस्दीको स्वास्थ्य अवस्थाको बारेमा तत्कालै जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ ।
भारतमा जन्मिएका उपन्यासकार सन् १९८१ मा प्रकाशित ‘मिडनाइट चिल्ड्रेन’बाट प्रसिद्ध भएका थिए । सो किताव बेलायतमा मात्रै १० लाख प्रति विक्री भएको थियो । रुस्दीले चार पुस्तक लेखेका छन् । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’को कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए । उनले लेखेको पुस्तकले इशनिन्दा गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो ।
पुस्तक प्रकाशित भएको एकपछि इरान सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनी टाउको मूल्य ३० लाख अमेरिकी डलरको तोकेका थिए । पुस्तक प्रकाशित भएपछि भएको हिंसामा दर्जनौ मानिस मारिएका थिए जसमा पुस्तकका अनुवाद पनि रहेका छन् । रुस्दीविरुद्धको टाउकोको मूल्य अहिले पनि कायम छ ।



