काठमाडौं ,
काठमाडौँ | आमा कतै निस्कने चाल पाएपछि उनी घरबाहिरै कुरेर बस्थे। आमा निस्कनासाथ पछि लाग्थे। किनभने आमाले छाडेर कतै हिँडेको उनी सहन सक्दैनथे।
एक दिनको कुरा हो उनले आमा कतै घुम्न निस्किने तयारीमा रहेको चाल पाए। बिहानैबाट उनी लुगा लगाएर तयार भएर बसेका थिए। तर, आमा उनको आँखा छलेर अर्कोपट्टिबाट निस्किछन्।
आफूलाई आमाले छाडेको थाहा पाएपछि उनले घरमा सानोतिनो महाभारत नै मच्चाइदिए। आमाको दराजको सिसा फुटाइदिए।अभिनेता राजेश हमालले हातको खत देखाउँदै भने, ‘त्यही बेला आमाको दराजको सिसा फुटाउँदा लागेको चोट हो यो।’ आज उनका आमाबुबा साथमा छैनन्। उनी याे खतजस्तै स्मृतिचिह्न हेरेर आमाबुबाको न्यास्रो मेटिरहेका हुन्छन्। हेर्नुस –



