कञ्चनपुर । कञ्चनपुरमा चोरी गरिएको मोटरसाइकल जंगलमा फेला परेको छ । बिहिबार राति १२ बजे जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म१प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समूहले चोरी गरेको थियो ।
मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यो पनी हेर्नुस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा शुक्रबार पूजा गर्ने भक्तजनको भीड लागेको छ।
मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ हिमालको फेदीमा अवस्थित अनकन्टार स्थानमा भेडाको साँडेको बथानसँग पुगेका भक्तजन र अन्य भक्तजनहरुले मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन्। यहाँ हरेक वर्ष जनैपूर्णिमाको दिन पुजा हुन्छ। म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन्।
समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर नजिक रहेको निलो तालमा करिब दुई दिनको पैदलयात्रापछि पुगेका भक्तजनहरुले सबैले सुन्ने गरी आफ्नो भाकल माग्ने गरेका छन्। भक्तजनले तालमा रहेका पूजारी र पूजारीले चर्को स्वरमा भाकल पूरा गरिदिन गरेको अनुरोध निकै रोचक हुने गरेको छ। ‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र बैदेशिक रोजगारमा सफलताको कामना गरेका छन्।
केहीले राम्रो श्रीमान–श्रीमती चाहियो भन्दै बर माग्छन्’ स्थानीय समाजसेवी राजु पुनले भने। उनका अनुसार मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन्। बर लिएपछि कसैसँग नबोलेर धोतीखोला सम्ममन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ। आफ्नो मनकामना पुरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ। खरय भरानीमन्दिर तथाआसपासका रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन्।
पटक–पटक मागे अनुसार पुरा भएको भन्दै बृद्धबृद्धाले समेत साँडे लिएर मन्दिरमा जाने गर्दछन्। बलीका लागि खयर क्षेत्रमा करिव एक हजार भन्दा धेरै साँडे पालिएको छ। मन्दिरमा दर्शन गर्नका लागि अन्नपूर्णको पाउद्धार सहित विभिन्न स्थानबाट भक्तजनहरु दुई दिन अगाडी नै मन्दिर आसपासका क्षेत्रमा पुगेर बस्ने गरेका छन्। उक्त क्षेत्रमा पूर्वाधार विस्तारमा निजी क्षेत्रबाट संरचना बनाइएपछि सहज भएको छ। खयर क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले लाखौंको पूर्वाधार विस्तार गरेका छन्। पदमार्गदेखि शौचालय, आवास लगायतका पूर्वाधारले सहज भएको छ। मन्दिरमा दर्शन गर्नका लागि जाने भक्तजन बिरामी भएपछि खोप्रा आसपासका क्षेत्रबाट लेक लागेर केहीबिच बाटोबाटै फर्कने गरेका छन्।
आफ्नो मनोकामना पुरा गरेरकाभक्तजन र स्थानीयको प्रयासमा मन्दिरको पुननिर्माण समेत गरिएको छ। जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा समेत लिइने खोप्रा माधार्मिक पर्यटकलाई समेत लक्षित गरेर सामुदायिक लगानीमा होमस्टे सञ्चालन गरिएको छ। स्थानिय खयरभारनी युवाक्लव र खयरबराह क्षेत्र विकास समितिको सयुक्त आयोजना जनैंपुर्णिमा मेलागर्ने गरिएको छ। आधादशक अगाडीसम्म खोप्रा देखी माथिल्लो क्षेत्रमा खुल्ला आकाश र आफ्नै टेन्टको ब्यवस्था गर्नुपर्ने बाध्यता रहेको भएपनि पाउद्धार, शिख र आफ्नो मनोकामना पुरा भएका भक्तजनहरूले करिब दुई करोडको लागतमामन्दिर, पदमार्ग, खानेपानी, शौचालय लगाएतमा अतिआवश्यक पूर्वाधारहरू विस्तार गरिएको छ। स्थानीय तह, प्रदेश र संघीय सरकारबाट भने अपेक्षा गरे अनुसारको पूर्वाधारमा सहयोग भएको छैन्। खोप्रा, खयर क्षेत्र म्याग्दीको ग्रामिण पर्यटनको हिरा जस्तै भएको वडा अध्यक्ष राजेश तिलिजाले बताए।
यता अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाँगी बराही मन्दिर परिसरमा रहेको तालमा पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ। तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन्। तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर हिलो दिने चलन रहेको छ। पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनहरुले मन्दिरमा चिच्चाएर माग्नुपर्ने अवस्थामा केही भक्तजनहरुको शैलीलाई पूजारीले समेत रोक्ने गरेका छन्। चिच्चाएर माग्दा पारिवारिक, ब्यक्तिगत दुस्मनी तथा कसैलाई हानी हुने भाकल भएमा पूजारीले निषेध गर्ने गरेको दर्शन गरी फर्किएका भक्तजनहरुको भनाई छ। नाँगीको बराही मन्दिरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले समेत दर्शन गरेका थिए।



