• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

सामान्य अपरेसनसमेत हुँदैन, बिरामी जति रेफर


रोल्पा — रोल्पा नगरपालिका–६ का २६ वर्षीय हिमेन्द्र रोकालाई पेटको दुखाइ बढेपछि उपचारका लागि रोल्पा अस्पतालमा भर्ना गरियो । उनलाई चिकित्सकले एपेन्डिक्स भएकाले अपरेसन गर्नुपर्ने सुझाव दिए । तीन दिनसम्म अस्पतालमै राखिएपछि ‘यहाँ उपचार हुन नसक्ने’ भनेर दाङको घोराही रेफर गरियो । त्यहाँ पुग्दा एपेन्डिक्स फुटिसकेको थियो ।

‘म छिट्टै दाङ नपुगेको भए मेरो ज्यान जाने रहेछ । यहाँका डाक्टरको भनाइ सुनेको भए म बाँच्न मुस्किल हुने रहेछ,’ उनले भने । दाङमा उनलाई उपचार गर्ने क्रममा आईसीयूमा राख्नुपरेको थियो । एपेन्डिक्सको लक्षण देखिनासाथ छिट्टै अपरेसन गर्न नसके ज्यान जान सक्छ । दाङमा एक निजी अस्पतालमा उनले उपचार गराएका थिए ।

यस्तै रोल्पा नगरकै एक महिलाको पेट दुख्न कम नभएपछि उनलाई रोल्पा अस्पतालमा भर्ना गरियो । एपेन्डिक्स भएको भनी केही दिन उनलाई अस्पतालमै राखियो । यहाँ अपरेसन गर्न सक्दैनौं भनेर चिकित्सकले रेफर गरिएकी ती महिलालाई बुटवलस्थित अस्पतालमा पुनः जाँच गर्दा एपेन्डिक्स नभएको पत्ता लाग्यो । बुटवलमा चिकित्सकले महिलाको पाठेघरमा पानीको फोका जम्मा भएर समस्या भएको पत्ता लगाए ।

उनको त्यहीं उपचार भयो । केही समयअघि रोल्पा नगरकै धबाङकी गर्भवती अस्पतालमा पुग्दा चिकित्सकले सही समस्या पत्ता लगाएनन् । उनको पेटमा जुम्ल्याहा बच्चा भए पनि चिकित्सकले एउटा मात्रै बच्चा भएको डाइग्नोसिस गरे । अपरेसन गर्न नसक्ने भनेर उनलाई रेफर गरेपछि ती महिला घर फर्किइन् । ‘घरमा पुगेपछि सुत्केरी हुने क्रममा उनको मृत्यु भयो,’ रोल्पा–१० का वडाध्यक्ष मतिलाल डाँगीले भने, ‘चिकित्सकले रिफर गरे पनि उनको घरायसी र पारिवारिक अवस्थाबारे बुझ्न नसन्दा ती सुत्केरी महिला र दुई बच्चाको ज्यान गयो । चिकित्सकको लापरबाही सुन्दा ज्यादै दुःख लाग्छ ।’

विगत एक वर्षयता रोल्पा अस्पतालमा अपरेसन गर्न सक्ने क्षमताका चिकित्सक खटिँदै आएका छन् । सरकारले खटाएबाहेक संस्थाहरूले समेत खटाएका चिकित्सक अस्पतालमा उल्लेख्य मात्रामा छन् । तर, सामान्य अपरेसनसमेत जिल्लामा गरिँदैन । अस्पतालमा आएका बिरामीलाई केही दिन भर्ना गरेर पहिले उपचार यतै हुन्छ भनी चिकित्सकले आश्वासन बाँड्छन् तर केही दिनपछि बाहिर रेफर गर्छन् ।

छोराको हात फ्याक्चर भएपछि माडी–५ भाबाङका वीरबल खत्रीले रोल्पा अस्पतालमा तीन दिन बस्दा पनि उपचार नभएपछि दाङ पुगेर छोराको उपचार गराएको सुनाए । ‘जिल्लामै उपचार होला भनेर थोरै पैसा लिएर आएको थिएँ, दाङ पुगेर उपचार गराउँदा निकै समस्या भयो,’ उनले भने, ‘एकातिर पैसा खर्च भयो, अर्कातिर तनाव बेहोर्नुपर्‍यो ।’

एक वर्षको अवधिमा रोल्पा अस्पतालले एपेन्डिक्सका डेढ दर्जन, हाडजोर्नी भाँचिएका दुई दर्जन र सामान्य अपरेसनका दर्जन बढी बिरामीलाई रेफर गरेको छ । बिरामीलाई जिल्लामै उपचार सहज होस् भन्ने उद्देश्यले अस्पतालको अनुरोधअनुसार निक साइमन संस्थाले एक जना विशेषज्ञ चिकित्सक एक वर्षअघि पठाएको थियो । एमडीजीपी विशेषज्ञ डा. रणबहादुर बोगटीलाई आकर्षक तलब दिएर उक्त संस्थाले रोल्पा अस्पतालमा पठाएको हो ।

अस्पताल स्रोतका अनुसार उनको क्षमताअनुसारको सेवा प्रवाह भएको छैन । डा. बोगटीसहित डा. प्रकाशबहादुर बुढा, डा. आधार वली र एक जना एनेस्थेसिया सहायकलाई अस्पतालमा निक साइमन संस्थाले काम गर्न खटाउँदै आएको छ । डा. बुढा र वली दुवै जना अपरेसन विभागमा काम गर्छन् । डा. बोगटीले भने अस्पतालमा आएका बिरामीले यहाँ उपचार गर्न नमानेको दाबी गर्छन् । ‘हामीले अपरेसन गर्न सक्ने भए पनि बिरामी डराउने र तर्सिने गरेकाले रेफर गर्नुपरेको हो,’ उनले भने ।

रोल्पा अस्पतालमा लामो समयदेखि अस्पताल प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) उपस्थित छैनन् । निरन्तर कार्यालय प्रमुख नभएपछि प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालबाट हाडजोर्नी विशेषज्ञ डा. सोमबहादुर आलेलाई रोल्पामा काज सरुवा गरेको छ । तर, उनले पनि नियमित उपस्थिति जनाउन सकेका छैनन् ।

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.