बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा करेन्ट लागेर घाईते भएका भक्त रावलको मृत्यु भएको छ । बडिमालिका नगरपालिका ८ का भक्त रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत कर्मचारी हुन् ।
उनको अबस्था गम्भिर रहेको थियो । प्रहरीका अनुसार उपचारका लागि बयालपाटा अस्पताल लगिएको थियो । बयलपाटा अस्पतालले रिफर गरेको थियो । नेपालगञ्ज लिदै गर्दा बयलपाटा अस्पताल बाट १२ किलोमिटर टाढा मृत्यु भएको हो । नेपाल बिद्युत प्राधिकरणको लाईन चेक गर्ने क्रममा उनि पोलमा चढेको बेला करेन्ट लागेको थियो ।

यो पनी हेर्नुस
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा आफूले प्राप्त गरेको सेवासुविधा विद्यालयलाई प्रदान गरेका छन्। उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन्।
‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ‘ उनले भने, ‘यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ।’
सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए। सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन्।



