• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

अस्ट्रेलियाको भिसामा थप कडाई, मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर यस्तो कुराकानी भयो !


उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्।

पछिल्ला दिनमा नेपालबाट आउने विद्यार्थीको भिसा प्रक्रियामा निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्।

कोरोनापछिको ६ महिनामा नेपाली विद्यार्थीको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदा यो पेसासँग जोडिएका नेपाली मूलका व्यवसायी तथा शैक्षिक परामर्शदाताले केन्द्रीय अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका हुन्।

एकपछि अर्को गर्दै नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिव्यक्ति सार्वजनिक हुनुका साथै यसले समग्र शैक्षिक उद्योगमा परेको प्रभावका विषयमा गहन छलफल गरिएको एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए।

‘हामीले यस विषयमा सरोकारवालाको तर्फबाट ग्रानभिलमा भेटेर आफ्ना कुराहरू स्पष्ट पारेका छौं,’ खड्काले भने।

यसअघि पनि नेपाली मूलका शैक्षिक उद्योगीले लिबरलका एनएसडब्लुका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेसँग भेटेर यो समस्याबारे अवगत गराएका थिए।

एनआरएन उपमहासचिव गणेश केसीले भेटमा पछिल्ला दिनमा नेपाली विद्यार्थीको प्रवेशाज्ञामा भएको कडाइ र यसले पारेको प्रभावको विषयमा मन्त्री गिल्सलाई अवगत गराइएको बताए।

शैक्षिक उद्योगीसमेत रहेका केसीले यसरी नेपाल र नेपाली विद्यार्थीको विषयमा गलत प्रचार गरेर दिग्भ्रमित पार्ने काम रोकिनुपर्ने धारणा समेत राखिएको सुनाए।

कार्यक्रममा शैक्षिक परामर्शदाताको तर्फबाट एकाका अध्यक्ष भुपाल सिटौलाले उज्वल भविष्यको कल्पना गरेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया रोज्ने अब्बल विद्यार्थीलाई प्रवेशाज्ञा नदिँदा यसले पार्ने नकारात्मक प्रभावको विषयमा समेत जानकारी गराइएको बताए।

‘गलत काम गर्ने र आधारभूत आवश्यकता पुरा नगर्नेलाई रोक्दा खासै समस्या रहँदैन। तर एउटा अब्बल विध्यार्थीलाई अनेकन बहानामा उच्च अध्ययनबाट बञ्चित गराउँदा यहाँको शैक्षिक उद्योगप्रति नै गलत सन्देश जानसक्छ भन्ने हाम्रो चिन्ता जताएका हौं,’ अध्यक्ष सिटौलाले सेतोपाटीसँग भने।

सिटौलाले यता भिसामा कठिनाइ हुन थालेपछि नेपाली विद्यार्थी अमेरिका, क्यानडा र युरोपतिर जानसक्ने सम्भावनालाई समेत उजागर गरेका थिए।

महावाणिज्यदूत दिपक खड्काको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलमा एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवाल, व्यवसायी सन्जिव शर्मा, प्रेम सापकोटा र शिशिर नेपाल थिए।

कार्यक्रममा पारामाटा क्षेत्रका लेबरका सांसद डा एन्ड्रयु चार्ल्ट्रनको पनि उपस्थिति थियो।

भेटमा अध्यागमन मन्त्री एन्ड्रयुले पछिल्ला दिनमा देखिएको यस्ताखाले समस्याका विषयमा सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए।

अस्ट्रेलियन अध्यागमन विभागद्वारा हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियममा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको छ।

गत जुलाइ ४ मा अस्ट्रेलियन सरकारद्वारा जारी अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको छ।

विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अस्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ।

अध्यागमन सम्बन्धी सरकारको नयाँ प्रतिवेदनमा अस्ट्रेलिया पढ्न आउने विद्यार्थी गम्भीर नभएको र ‘प्रोभाइडर’ समेतले उनीहरूको भर्ना प्रक्रियामा गम्भीरता नदेखाएको उल्लेख गरेको छ।

शैक्षिक उद्योगीहरू पनि विद्यार्थीको योग्यता र दक्षता नाप्न भिडियो अन्तर्वार्ता लगायतका महत्वपूर्ण विषयमा उदासीन रहेको प्रतिवेदनमा उल्लेख छ।

पढ्नका लागि आर्थिक तथा शैक्षिक योग्यता पूरा गरेर आएका विद्यार्थी केही महिनामै कोर्स परिवर्तन गर्ने र कलेज परिवर्तन गर्नेजस्ता गतिविधि बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरिएको छ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.