सुर्खेत ।
गत साउन १७ गते जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख गुराँस गाँउपालिका–१ का २२ वर्षीया बलबहादुर सुनार रहेका छन् । सुनारको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीय जंगलबाट च्याउ ल्याएर तरकारी खाएका सुनार र उनकी १९ वर्षीया श्रीमती विमला विक बिरामी भएकोले उपचारका लागि २५ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएकोमा सुनारको आज बिहान मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमती विमलाको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फाईल तस्बीर



