• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

जसले मृत्युअघि आफ्नै चिहान बनाए उनका छोराहरू भन्छन्- ‘सिमेन्ट, रड र बालुवा किन्दा ३५ देखि ४० हजार खर्च भयो होला


ताप्लेजुङ — बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल गएका फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका सुकराज सामेखाम लिम्बूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल जान डाक्टरले सल्लाह दिए ।

त्यही सल्लाह अनुसार उनले झापाको बिर्तामोडका अस्पतालमा देखाए । झापाका अस्पतालले भरतपुरको क्यान्सर अस्पताल रेफर गरे । त्यहाँ पुगेपछि थाहा पाए कलेजोमा क्यान्सर भएको छ र उपचार सम्भव छैन !

डाक्टरले समयावधिसमेत तोकिदिएपछि घर फर्किए र कपुरखान (चिहान) बनाउन थाले । दुई श्रीमतीका पति उनले आफ्ना लागि मात्रै नभएर दुवै श्रीमतीका लागि चिहान बनाए । सुकराजका जेठा छोरा भीमकुमारका अनुसार कपुरखान बनाइसकेको झण्डै तीन सातापछि सोमबार बेलुका उनको मृत्यु भयो । ‘डाक्टरले चारदेखि पाँच महिना भन्नुभएको थियो,’ भीमले भने, ‘पाँच महिना लाग्दै बित्नुभयो ।’

लिम्बू समुदायमा मत्युपछि शवलाई खाडल खनेर राख्ने र त्यसको वरिपरि सिमेन्ट लगाएर घरजस्तै बनाउने प्रचलन छ । जसलाई कपुरखान भनिन्छ । सुकराजले जेठी श्रीमती भगीमाया, कान्छी कीर्तिमाया र आफ्ना लागि समेत गरी लहरै तीनवटा चिहान बनाए । बीचमा आफ्नो शव राखिदिन छोरालाई प्रस्ताव गरे । त्यसलाई जस्तापाता लगाएर माथिबाट छानो हाले ।

‘बुबाले आफ्नो चिता आफैं बनाउँछु भनेपछि हामीले पनि खाल्टो खन्न, बनाउन सहयोग गर्यौं,’ भीमकुमारले भने, ‘सिमेन्ट, रड र बालुवा किन्दा ३५ देखि ४० हजार खर्च भयो होला अरु त आफैंले श्रम लगाएर काम गर्यौं ।’ आफ्नो चिता बनाउन अरुले दुख नपाउन भनेर बुबाले आफैं प्रयत्न गरेको र त्यसलाई परिवारले साथ दिएको उनले बताए ।

२०१८ साल पुस २१ गते जन्मिएका सुकराजका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए । जेठी श्रीमती, छोरा र उनी बस्ने घर सँगै रहेको छिमेकी जगन पौडेल बताउँछन् । अमलुजङस्थित आफ्नै जमिनमा बस्ने भन्दै उनले बारीमा चिता बनाएका हुन् । तीनै जनाको शरीरलाई ठीक हुनेगरी चिहान बनाएको र मृत्यु हुँदा आवश्यक पर्ने कात्रोको व्यवस्था पनि उनी आफैंले मिलाएका थिए । एक वर्षदेखि उच्च रक्तचाप, सुगर, ग्याष्टिक जस्ता समस्या देखिएका उनी मृत्यु हुने दिनसम्म पनि हिँडडुल गरेको परिवारका सदस्यहरू बताउँछन् ।

पछिल्लो केही वर्षयता लिम्बू समुदायमा आफ्नो मृत्युपछि आफूलाई राख्ने कपुरखान आफैं बनाउने संस्कार बढ्दो क्रममा छ । हरेक मानिसको मृत्यु अनिवार्य भएकाले परिवारसँगको सल्लाहमा नै यस्ता चिहान बनाउने क्रम बढेको हो । अन्यथा मृत्युपछि परिवारका सदस्यले यस्तो चिहान बनाउने गरेका हुन्छन् । पाँचथरको फालेलुङ गाउँपालिका ८ याङनामका मनप्रसाद कुरुम्वाङ र उनकी श्रीमती बुधरानीले पनि १ लाख १२ हजार रुपैयाँ खर्चिएर कपुरखान बनाएका छन् ।

बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.