• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ३. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ८. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ९. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • १०. रास्वपा सचिवालयको बैठक बस्दै

१४ वर्षीय बालिकालाई बलात्कार गर्ने २० वर्षीय दिपेश पक्राउ


झापा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । ताप्लेजुङ फुङलिङ नगरपालिका ९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनी हेर्नुसढल्केवर(धनुषा) :महोत्तरीको बर्दिवास नगरपालिकाका पूर्वमेयर विदुरकुमार कार्कीले बर्दिवासका हालका मेयरमा स्वच्छाचारी प्रवृत्ती हावी भएको टिप्पणी गरेका छन् । हालसम्म मेयर प्रह्लादकुमार क्षेत्रीको काम कारवाही स्वच्छाचारी प्रवृत्तीको रहेको उनले टिप्पणी गरेका हुन् । मेयर क्षेत्रीले गरेको निर्णयलाई विश्लेषण गर्दै उनले नगरपालिकामा कर्मचारीतन्त्र हावी भएको सुनाए ।

‘संसदीय अभ्यास अनुसार एकसय दिनलाई सरकारको हनिमुन अवधि भन्छन् । नेतृत्वले लिएको निर्णयबारे प्रतिक्षा गरिन्छ । तर, बर्दिबास नगरपालिकामा मेयरले कार्यभार सम्हालेको एक दिन नपुग्दै विवादमा तानिनुभयो’, पूर्वमेयर कार्कीले अन्नपूर्णसँग कुराकानी गर्दै भने, ‘मेयरले पूर्वाग्राही, दृष्टिकोणविहीन, स्वेच्छाचारी, भिजनलेस ढंगले निर्णयहरु गरेका छन् । जसको ज्वलन्त उदाहरणको रुपमा करारका शिक्षकलाई निकालिएको प्रकरणलाई हेर्दा पुग्छ ।’

सुरु गरिएका कामहरुलाई टेकेर नयाँ कामहरुको थालनी गर्नु पर्नेमा मेयर क्षेत्रीले ती सबै सकारात्मक प्रयासलाई धारासाही बनाउने काम गरेको कार्कीको भनाइ छ । ‘पहिला करारका कर्मचारीमा हात हाल्नुभयो, लगत्तै करारको शिक्षकलाई हटाउनुभयो । उहाँ बर्दिबासको शिक्षा क्षेत्रलाई धारासाही बनाउने खालको निर्णय लिइरहनु भएको छ,’ पूर्वमेयर कार्कीले भने, ‘यसले आमजनतामा निराशा पैदा गरेको छ ।’

आफ्नो कार्यकालमा गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धामार्फत क्षमतावान ६२ जना करारका शिक्षक भर्ना गरिएको उनले उल्लेख गरे । उनले भने, ‘अब उहाँले विद्यालयलाई आफ्ना कार्यकर्ताहरुलाई शिक्षकको रुपमा विद्यालयलाई भर्तिकेन्द्रको रुपमा अगाडि बढाउनु खोज्नुभएको छ ।’ यसबारे जनमानसमा तीव्र चिन्ता प्रकट भएको बताउँदै उनले थपे, ‘उहाँले करारका शिक्षकलाई हटाएर गर्न नहुने काम गर्नुभयो । यस्ता कामहरुले उज्यालो बर्दिबास बनाउन सक्नु हुन्न भन्ने दृष्य देखियो ।’

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यको मतलाई पेलेर निर्णय लिने काम भइरहेको पूर्वमेयर कार्कीले सुनाए । उनका अनुसार फरक मतलाई उहाँले (मेयर क्षेत्री) ले सम्मान गर्नुभएको छैन । नेतृत्व भनेको समाज, विकास सिद्धान्त, समाजिक बनोट सबैलाई बुझेर निर्णय लिनु पर्छ । बर्दिबास नगरपालिकको पहिलो नेतृत्वले गरेको कामलाई नीति तथा कार्यक्रममा अगाडि बढाउन सक्नुभएन । अहिलेको नेतृत्व यी र यस्ता पक्षमा चुक्दै गइरहेका पूर्वमेयर कार्कीको भनाई छ ।

नगरपालिकाले सुरु गरेको गेमचेन्जर ड्रिम प्रोजेक्टहरुलाई मेयर क्षेत्रीले पाखा लगाएर खर्च गर्ने बजेट मात्रै ल्याएको उनले टिप्पणी गरे । ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार लगायतका क्षेत्रलाई एक दशकमा उचाईमा लैजान आवधिक योजना तयार गरिएको थियो । त्यसले अर्ब बजेट लाग्ने प्रक्षेपण गरको थियो’, पूर्व मेयर कार्कीले भने, ‘हामीले त्यसलाई अगाडि बढाएर थुप्रै काम थालेका थियौं । अहिलेको नेतृत्वले सबैलाई पाखा लगाएर चरित्र र लक्ष्य विहिन नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेको छ ।’

पछिल्लो समय नगरका ६२ जना करार शिक्षकलाई हटाएपछि मेयर क्षेत्री विवादमा तानिएका हुन् । बर्दिबासलाई शैक्षिक हव बनाउने अभियानमा विद्यालयहरुमा शिक्षकको कमी भएपछि पूर्वमेयर कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धा मार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गरेका थिए ।

तर, गत साउन २० गते नगरपालिकाका शिक्षा अधिकृत गणेश प्रसाद दाहालले एक सूचना जारी गरि कारारका नगर शिक्षकलाई हाजिर नगराउन र कामकाज नलगाउन विद्यालयहरुलाई परिपत्र गरेपछि शिक्षकहरु आन्दोलित भएका हुन् ।

करार नविकरणको माग गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेर शिक्षकहरु नगरपालिका कार्यालयको मूल प्रवेशद्वारमै निरन्तर धर्ना दिइरहेका छन् । यता नगरपालिकाले भने उनीहरुको मागलाई वेवास्ता गर्दै नयाँ शिक्षक भर्नाका लगि सूचना आह्वान गरिसकेको छ ।

मेयर क्षेत्रीले शिक्षकहरुले म्याद थपका लागि निवदेन नदिएकाले उनीहरुको म्याद थप नभएको र शिक्षक भर्नाका लागि नयाँ सूचना आह्वान गरिएको दावी गरेका छन् । उनले नयाँ भर्ना प्रक्रियामा सहभागी भएर विधि र प्रक्रियाको सम्मान गरिदिनका लागि आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन् ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ३.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.