• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • २. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

परीक्षण नै नगरी अस्पतालले रिपोर्ट दियो भन्‍नु गलत : स्टार अस्पताल

ललितपुरको सानेपास्थित स्टार अस्पतालले विदेश जाने नेपालीहरुमा कोरोना भाइरसको पीसीआर परीक्षणमा कुनै पनि प्रकारको गडबड नगरिएको स्पष्ट पारेको छ ।

मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरी केही दिनयता विभिन्न सञ्चारमाध्यममा अस्पतालले पीसीआर परीक्षणको नक्कली रिपोर्ट दिने गरेको आरोपको खण्डन गर्दै नमुना संकलन गरेरमात्रै रिपोर्ट दिने गरेको बताएको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको समयसम्म परीक्षण गरिएका नमुनाहरु भण्डारण नगरेको भन्दै सोधेको २४ घण्टे स्पष्टिकरणको समेत बचाउ गरेको छ । अस्पताल निर्देशक डा. शैल रुपाखेतीले मन्त्रालयले स्पष्टिकरणमा उल्लेख गरे अनुसारको औपचारिक निर्देशक कहींकतैबाट पनि प्राप्त नभएका कारण अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा उल्लेख भएबमोजिम नेगेटिभ रिपोर्ट आएका नमुनाहरु ४८ घण्टासम्म मात्रै भण्डारण गरेर नष्ट गर्ने गरेको दाबी गरे ।

‘पीसीआर परीक्षणका नतिजा तथा रिपोर्टहरु मेसिनको डाटा क्लाउडमा सधैँ रहिरहने हुनाले पनि जुनसुकै बेला उक्त रिपोर्ट रुजु गर्न सकिन्छ,’उनले भने, ‘स्वाब नै नलिकन रिपोर्ट दिइयो भन्ने आरोप गलत हो ।’ उनका अनुसार नेपालबाट हङकङ गएपछि पोजिटिभ पाइएकामध्ये ३ जनाको नमुना गुणस्तर मापनका लागि प्रयोगशालाले भाग्यवश सुरक्षित राखेकाले सो नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा समेत नेगेटिभ रिपोर्ट नै आएको दाबी गरे ।

‘हामीसँग अहिले पनि त्यो ३ वटा नमुना सुरक्षित छ । जहाँ लगेर परीक्षण गर्ने भए पनि हामी दिन तयार छौं,’ उनले भने, ‘तर, मन्त्रालयले भने जस्तो नेगेटिभ आएका नमुना पनि एक महिना भण्डारण गर्नुपर्ने विषयमा हामीलाई औपचारिक रुपमा आधिरकारिक जानकारी छैन । त्यसो हो भने अब उप्रान्त हामी भण्डारण गर्छौं ।’

मन्त्रालयले भदौ ३१ गतेको कोभिड–१९ को पीसीआर परीक्षण गर्दा सबै प्रयोगशालाले नेगेटिभ रिपोर्ट आएको हकमा एक महिना र पोजिटिभ रिपोर्टको हकमा ३ महिनासम्म नमुना स्टोर गरी राख्नु पर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड–१९ को पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट लिएर हङकङ, दुबई र जापान गएका व्यक्तिले सम्बन्धित देशमा त्यहाँ पुनःपरीक्षण गर्दा पोजिटिभ आएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले छानबिन गरेर स्पष्टिकरण सोधेको थियो ।

पत्रकार सम्मेलनमा स्टार अस्पतालले असार २९ गते स्वीकृति पाएपश्चात् हालसम्म ७८ हजार पीसीआर परीक्षण गरिसकेको जनाएको छ ।

मङ्गलबार, मङि्सर ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • २.

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.