२० साउन, झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।
पानीमा तैरिरहेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो ।
शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । रासस
यो पनी हेर्नुस
वीरगञ्जमा आज शोक बिदा
वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।
महानगरपालिकाको कार्यालयको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएएको ह ।
शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यलयमा २० गते शुक्रबार बिहान ११ बजे शोक सभाको आयोजना गरिने सूचनामा उल्लेख छ । शोक सभामा सम्पूर्ण कर्मचारीलाई उपस्थित हुन भनिएको छ।



