• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

बलात्कारपछि ८ महिनाको गर्भ बोकेर न्याय खोज्दै युवती


कैलाली । निरीह अनुहार, युद्ध हारेको सिपाहीको जस्तो भाव, कमजोर ज्यान लिएर सुखड चोकमा उभिएकी २१ वर्षीय एक महिला न्याय पाउने आसमा छिन् ।

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा गुहरी पर्वको रौनक थियो । गुहरी पर्व थारु समुदायमा मनाइने पर्व हो । तर, मंगलबार त्यहि थारु समुदायकी एक महिला त्यहि पर्व मनाउने स्थान नजिकै न्यायको याचना गरिरहेकी थिइन् ।

‘ऊ उहाँ नै हो पीडित महिला’ गर्भमा हुर्किँदै गएको शिशुलाई सुम्सुमाइरहेकी एक किशोरीलाई देखाउँदै उनका आफन्तले भने ‘त्यो गर्भमा बलात्कारपछि हुर्किँदै गरेको शिशु हो । श्रीमानले मेरो बच्चा होइन भन्दै छोड्यो । बलात्कार गर्नेले तिरस्कार गर्न थाल्यो ।’

सस्तोमा श्रम बेच्न श्रीमान् भारत गएका बेला कैलाली घोडाघोडी नगरपालिका ११ कि २१ वर्षीया महिला बलात्कारको सिकार भइन् । ‘गाउँमै एक आफन्तको विवाहमा गएका बेला मध्यरातमा उसले बलात्कार गरेको हो’ उनका आफन्तले भने ‘कसैलाई नभन्न धम्की दिएपछि घटना लुकेको रहेछ ।’

उनका आफन्तका अनुसार महिलाले आफू बलात्कारको सिकार भएको कुरा पनि लुकाएकी थिइन्। श्रीमान् १० महिनापछि भारतबाट फर्किदा कोखमा हुर्किरहेको शिशु आफ्नो नभएको उनले थाहा पाए।उनी गएको पुसमा बलात्कारको सिकार भएकी थिइन् । असारमा मात्र श्रीमानले श्रीमतीको कोखमा हुर्किरहेको शिशु आफ्नो नभएको थाहा पाए ।

आफ्नो श्रीमतीको कोखमा पर पुरुषको शिशु हुर्किरहेको थाहा पाएपछि श्रीमतीसँग बस्न नसक्ने कुरा सुनाएका थिए । यो बिषय इलाका प्रहरी कार्यालय सुखडसम्म पुग्यो । आफूले पनि बालविवाह गरेका कारण श्रीमान् जाहेरी दिनबाट डराएका थिए र प्रहरीले पनि उनले न्याय पाउने विषयमा ठोस कुरा बताएन ।

यता महिलाले प्रहरीसँग त्यो बेला सहमतिमा शारीरिक सम्पर्क भएको बताउँछिन् । बलात्कार गर्ने युवकले पनि उनको कोखमा हुर्किरहेको शिशु आफ्नो भएको भन्दै आफू त्यसको बाबु बन्न तयार रहेको भन्दै फकाएका थिए ।उजुरी र जाहेरी दुबै नपरेपछि प्रहरीले पनि खासै चासो दिएको थिएन ।

‘सुरुमा मेरो गल्ती भयो । यो बच्चा मेरो हो भन्दै श्रीमती बनाएर राख्नु भनेको थियो । अहिले घरको न घाटको बनाएको छ’ पीडित महिलालाई न्याय दिलाउने भन्दै आएका एक पुरुषले भने, ‘अहिले त त्यो बच्चा पनि मेरो होइन भन्दै महिलालाई यातना दिइरहेको रहिछ ।’
उनले बलात्कार गरेर श्रीमती बनाउँछु भनेर लगेको पुरुषले अहिले दैनिक रुपमा गर्भवती रहेकी महिलालाई जबरजस्ती मदिरा सेवन गर्न लगाउने र कुटपिट गर्ने गरेको बताए ।

‘एक दिन त यो बच्च मेरो होइन अरू कसैको हो । त को– को सँग बसिस् भनेर हसियाले काट्ला जस्तो गरेको थियो ’ती पुरुषले भने । उनले गर्भवती रहेकी पीडित महिलालाई परपुरुषको जिम्मा लगाउने सम्मको काम भएको बताए ।

‘यो मेरो बच्चा होइन भन्दै एक अर्को व्यक्तिलाई जिम्मा लगाउन लागेको थाहा पाएपछि महिलाले माइतीलाई फोन गरेकी हुन्’ उनले भन् ‘अहिले घटना बाहिर आउँदा पनि न्याय नपाइने हो कि भन्ने चिन्ता छ । ’

पीडित पक्षले इलाका प्रहरी कार्यालय सुखडमा मंगलबार मुद्दा दर्ता गराउन खोजेका थिए । उनीहरुको मुद्दाको प्रकृति मिलेन भन्दै प्रहरीले त्यो दिन मुद्दा दर्ता गरेन । बुधबार फेरि जबरजस्ती करणीमा उनीहरुले दर्ता गराए ।

लामो समय पनि घटना बाहिर आएका कारण न्याय नपाउने हो कि भन्ने चिन्ता अहिले पीडित पक्षमा देखिन्छ । यता प्रहरीले यथेस्ट प्रमाण नहुँदा मुद्दा कमजोर हुन सक्ने बताउँछ ।

‘त्यो बेला अहिले जसरी मुद्दा आएको भए उहाँले न्याय सहजै पाउनु हुन्थ्यो’ इलाका प्रहरी कार्यालय सुखडमा प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले भने, ‘पहिले सहमतिमा शारीरिक सम्पर्क भएको भन्दै उहाँहरू बाटो लाग्नु भयो अहिले फेरी बलात्कार भएको भन्दै आउनु भएको छ ।’

घटना ढिलो गरि बाहिर आएका कारण पीडितले न्याय पाउन सकस हुने प्रहरीले दाबी गरिरहेका बेला प्रहरीले पनि असारमा पीडितका श्रीमान्ले समस्या लिएर आएको बेला मुद्दा अगाडी बढाइदिएको भए पीडितलाई न्याय पाउन सकस नहुने उनीहरुको बुझाइ छ । तर, प्रहरीसम्म पुगेको घटना बलात्कार गरेकै व्यक्तिले श्रीमती बनाएर राख्नु भन्दा उन्मुक्ति पाइएपछि अहिले प्रहरीले पनि प्रभावकारी अनुसन्धान नगरेको आरोप लाग्न थालेको छ ।

अहिले गत पौष महिनामा बलात्कार गरेर हुर्किरहेको शिशु आफ्नो होइन भन्न थालेपछि समस्या सृजना भएको हो । दिन प्रतिदिन घटना जटिल बन्दै गइरहेको प्रहरीको ठहर छ यता दिन प्रतिदिन गर्भमा हुर्किरहेको शिशुका कारण उनकी आमा न्यायको याचना गरिरहेकी छन् ।

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.