धरान / धरानका मेयर हर्क साम्पाङले अाफु संग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । बुधवार दिउसोसर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा व्यक्त गरेका हुन् ।
उनले अहिले सम्म आफ्नो अभियानलाई निस्तेज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगारो लगाउन खोजेको भन्दै मेयर साम्पाङले भने -‘मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिडने मान्छे होइन ।’
बराह पीडितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिल्यै पनि पीडितको पक्षमा रहेको र अहिले पनि आफू पीडितले न्याय पाउनुपर्छ भन्ने रहेकोले धरान उपमहानगरपालिकाले बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए ।
तर अराजक तत्त्वहरूले आफू विरुद्ध मुर्दावादको नारा समेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसा समेत तोडफोड गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । त्यसैले ती अराजक तत्त्वहरूको कानुनी उपचार हुनुपर्ने पक्षमा आफू रहेको समेत बताए ।




