• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

सुनिताका दाजु रुदै मिडियामा : “बहि’ निलाई मा र्छ जस्तो लागेको थिएन” -हेर्नुहोस् (भिडियो सहित)


काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना ले ज्यान गुमाए । श्रीमान र श्रीमती बिचको बिबाद ले छोरा छोरीले पनि ज्यान गुमाउनु पर्यो ।

गोरखाको भीमसेन थापा गाउँपालिका(६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको ज्यान लिएर आफूले पनि ज्यान फालेको आशंका गरिएको छ ।

सोहिओ घटनामा ज्यान गुमाएकी सुनिताका दाजुले भने ज्वाई र बहिनीको सम्बन्ध नराम्रो भए पनि बहिनीले ज्यानै गुमाउनु पर्ला जस्तो उनलाई लागेको थिएन् ।

दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इलेक्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँथिन् ।

दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवारिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए ।

पछिल्लो समय भने सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् ।

त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।

उनले टिकटकमा राखेको एक भिडियोले पनि उनि बाहिर जान लागेको पुष्टि गर्छ ।जहाँ उनले युके भिसाको लागि भाइलाई धन्यवाद दिएकी छन् ।

पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको ज्यान लिएर आफूले पनि ज्यान फालेको शंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीमा आफ्नो परिवारको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले लेखेको ९ पानाको सुसाइड नोट प्रहरीले फेला पारेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले आफ्नी श्रीमतीलाई गुनासो पोखेको सुसाइड नोट लेखेका छन् । उनले सुसाइड नोटमा श्रीमती सुनिता काप्री पाण्डेले अनावश्यक रूपमा घरेलु हिंसामा प्रहरीमा उजुरी दिएको जनाएका छन् ।

उनले सुसाइड नोटमा ‘२०७७ माघमा अनावश्यक रूपमा प्रहरीमा उजुरी दिइस्’ भनेर लेखेको प्रहरीले बताएको छ । उनले १२ वर्ष कुवेतमा बसेर श्रीमती र छोराछोरीका लागि कमाएको कुरा पनि नोटमा उल्लेख गरेको प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरी अधिकारीका अनुसार उनले लेखेका छन्, ‘१२ वर्ष विदेशमा बसेर घरपरिवारका लागि कमाएको थिएँ । अहिले आएर मलाई हेला गरिस् ।’

सबै कुरा घरपरिवारका लागि गर्दागर्दै पनि खाना नदिएको र परिवारले हेला गरेकोदेखि श्रीमतीसँग प्रेम गरेको समेत उनले नोटमा उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए ।

पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोराछोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनले ३५ वर्षीया श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिषको हत्यापछि आफूले पनि आत्महत्या गरेका प्रहरीको प्रारम्भिक अनुमान छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार श्रीमती र छोराछोरीमाथि धारिलो हतियारले प्रयोग गरेर उनले अर्काे कोठमा गएर आत्महत्या गरेका छन् । उनी पहिला कोठाको पंखामा झुण्डिन खोजेको तर त्यो सफल नभएपछि आफूलाई नै चक्कुले प्रहार गरेर आत्महत्या गरेको देखिएको छ ।

श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको विषयमा यसअघि पनि पटक–पटक विवाद भएको छिमेकीले बताएका छन् । छिमेकीहरूका अनुसार पाण्डे दम्पतीबीच श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको विषयमा पटक–पटक विवाद भएको थियो ।

दिनेशले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउने गरेका थिए । उनकी श्रीमतीले भने आरोप अस्वीकार गर्दै आएकी थिइन् । यसअघि पनि पाण्डे दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । उनीहरूले प्रहरी वृत्तमा गएर छलफल समेत गरेका थिए ।

पाण्डेकी छोरी आर्मी स्कूलमा पढ्ने गर्थिन् । उनी बसमा स्कूल आउने/जाने गर्थिन् । बस लिन आउँदा आशिका नआएपछि बसका चालकसहित विद्यार्थीहरू बोलाउन घरमै जाँदा घटनाबारे थाहा भएको हो । झ्यालबाट भित्र हेर्दा सबैको शव देखेपछि उनीहरूसहित छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा रहेकाले हत्यामा अन्यको संलग्नता हुन नसक्ने प्रहरीको अनुमान थियो । ढोका फोडेरभित्र पस्दा पाण्डेले श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर आफैंले पनि आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

घरनजिकै उनीहरूले पसल समेत सञ्चालन गरेको छिमेकीले बताएका छन् । श्रीमान्को मोबाइल पसल र श्रीमतीको फेन्सी पसल रहेको बताइएको छ ।

पछिल्लो समय श्रीमती ‘सिजनल भिसा’मा बेलायत जाने तयारीमा थिइन् । उनले आफ्नो भिसा लागेको छिमेकीलाई सुनाएकी थिइन् ।

अन्तरबार्ता हेर्नुस

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.