• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

कोसीको बहाव फर्किंदा उठिबास: दुई हजार परिवार विस्थापित


०४५ सालसम्म कोसी नदी उदयुपुरको बेल्का नगरपालिका ८ डुम्रीबोटेबाट बग्थ्यो। ०४५ पछि कोसी नदीको बहाव पूर्वतर्फ धकेलियो। नदी पछि सरेपछि बस्ती अघिल्तिर सर्दै बस्दै गयो। ३४ वर्षपछि बुधबार बिहान कोसी नदी पुरानै बहावमा फर्किँदा बस्तीका मानिसको उठिबास भएको छ।

कोसी नदी अचानक बस्ती पसेको भने होइन्। असारको वर्षाले कोसी नदीमा पानीको बहाव बढेपछि पश्चिम बस्तीतिरको अस्थायी बालुवाको बाँधतर्फ कटान गर्न थाल्यो। बाँध कटान तीव्र भएपछि स्थानीय सरकारदेखि केन्द्र सरकार नियन्त्रणका लागि प्रयास सुरु गरेको बेल्का नगरपालिकाका मेयर अशोक कार्की बताउँछन्। बेल्का नगरपालिका र सिँचाई विभागको संयुक्त लगानीमा सो ठाउँमा १५ दिन अघिमात्र १.५ मिटर उचाइँ र ६.५ मिटर चौडाईको ४५० मिटर लामो बाँध बाँधिएको थियो।

कोसीमा पानीको बहाव बढ्दै जाँदा उत्तर पूर्वपट्टीको डुम्रीबोटेको त्रीकुटी बाँधको कटान बढ्न थाल्यो। कटान नियन्त्रण गर्न ढुंगा, बालुवा भरिएको बोरा, झांडी लगायतले छेक्ने प्रयास भयो। तर, कटान रोकिएन।

एक साताअघि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की समेत यस कटान क्षेत्रको स्थलगत निरिक्षण गरेर निन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएर फर्के। कोसी आयोजना भारतका प्रमुख मोरङ सुनसरी सिँचाई आयोजना प्रमुखले स्थलगत निरिक्षण गरी नियन्त्रणका प्रयास बढाउन भन्यो।

नियन्त्रणका अनेकन प्रयत्न गर्दागर्दै पनि केही लागेन बेल्का नगरपालिकाका मेयर अशोक कार्कीले नागरिकसँग फोनमा भने,‘प्रकृतिका अगाडि मानिसको के जोर चल्थ्यो र ,कसैको केही लागेन् ! हेर्दा हेर्दै बाँध भत्केर कोसीको भंगालो बस्ती पस्यो उनले भने,‘अहिले कटान क्षेत्र बेल्का नगरपालिकाको वडा नम्बर ८ जलमग्न भएको छ। अहिलेको अवस्था हेर्दा यहाँ कोसीको भंगालो मात्र होइन्, कोसी नदी नै पसिसक्यो’, उनले भने।

डुम्रीबोटेको त्रीकुटे बाँध भत्काएर पसेको कोसी नदी सुधबारे, रामनगर, भागलपुर हुँदै सप्तरीको भारदह पुग्छ मेयर कार्कीले भने,‘यो बहावलाई रोक्न मुस्किल छ।’ अहिले मौसम सफा भएकाले उद्धारका कार्य सजिलो भएको उनले बताए। अहिलेसम्म ८ सय परिवारलाई डुबानक्षेत्रबाट सुरक्षित स्थानमा सारिसक्यौ कार्कीले भने,‘अझै एक हजार परिवार डुबान क्षेत्रमै फसेका छन्। उहाँहरुलाई सुरक्षित स्थानम उद्धार गर्नका लागि एपिएफ, नेपाली प्रहरी, सेनालगायतका टोली खटिएका छन्।’

अहिले उदयपुरको बेल्का नगरपालिकाको २ नम्बर वडासम्म पानी पसिसकेको अवस्था छ। जता हेर्यो उतै पानीपानी छ। बस्ती जति सबै जलमग्न भएका छन्। ‘डुबानपीडितहरुलाई डुंगाबाट उद्धार गरी ट्याक्टरमार्फत विद्यालयसहितका अग्लो स्थानमा सुरक्षित गर्दैछौं’ उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने,‘पानीको बहाव बढ्दै गएकोले उद्धारकार्य असहज बनिरहेको छ। हामीले कोसी ब्यारेज कन्ट्रोल अफिसलाई ब्यारेजका ढोकाहरु खोलिदिन समन्वय गरिरेका छौं,’ प्रजिअ यादवले भने।

कटान क्षेत्र बेल्का नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयकुमार राईका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन। हामी उद्दार प्रक्रियामा लागिरहेका छौं उनले भने,‘ पानी बढेको बढ्यै छ, रोकिएको छैन।’ पानी नरोकिदा जोखिम बढ्ने स्थिती कायम छ, उनले भने।

स्थानीय र नेपाल सरकारका अलावा यसअघि भारत सरकारले यही स्थानमा त्रिखुट्टी लगाएर कोसीको पानी रोक्ने प्रयास गरेको थियो राईले भने,‘त्यसले पनि थाम्न नसकेपछि हामीले हिजोसम्म प्रयास गरिरहेका थियौं।’ कोसीको प्राकृतिक बहावलाई हामी मानवीय प्रयासले रोक्न सकेनौं उनले भने,‘ कोसीको बहाव नियन्त्रण भन्दा बाहिर जाँदा सैयौं मानव बस्ती बिस्थापित भएको छ।’

कोसी ब्यारेज कन्ट्रोल कार्यालयका अनुसार अहिले कोसी नदीमा २ लाख २२ हजार ७४० क्युसेक पानीको बहाव छ। ५६ वटा ढोकामध्ये ३२ वटा ढोका खोलिएका छन्। कार्यालयकाअनुसार अहिलेसम्म कतैबाट थप ढोका खोल्न आदेश आएको छैन।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.