• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

वडाध्यक्षले नै गरे बहुविवाह भन्छन् : कान्छी राख्न कानुनी समस्या आए जेठीलाई छोडिदिन्छु


बागलुङ — वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ ।

बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन । बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ । तर जनताको पक्षमा काम गरिदिनुपर्ने व्यक्ति नै पीडक बनेर देखिएका छन् । जैमिनी नगरपालिका वडा नम्बर–९ का अध्यक्ष सन्दीप थापा (इन्द्र)ले घरमा पत्नी, छोराछोरी हुँदाहुँदै बहुविवाह गरेका छन् । उनको चारवटा पत्नीमध्ये दुईले छाडेको स्थानीयले बताए ।

मुलुकी अपराध संहिता (दफा १७५ को ४ नम्बर बुँदा) ले बहुविवाहलाई अपराध मानेको छ । उक्त अपराधको कसुर हेरेर १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र जरिवानासमेत तोकेको छ । सार्वजनिक पदमा बस्नेलाई अझै बढी सजाय हुन सक्छ । उनी एमालेबाट वडा अध्यक्ष निर्वाचित हुन् ।थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन् । उनले ताराखोलाकी एक युवतीसँग अर्को विवाह गरेका हुन् । यसअघि थापाले विवाह गरेकी पहिलो र तेस्रो पत्नीले छाडेका थिए ।

थापाले ती युवतीलाई दुई पटकसम्म दबाब दिएर गर्भपतन गराएका थिए । तेस्रो पटक गर्भ बसेपछि उनले विवाह गर्छु भनेर युवतीलाई फकाएर राखेको स्थानीय बताउँछन् । दिदीको छोरी पढाउन सदरमुकाम बसेकी ती युवती थापाको प्रेम सम्बन्धमा परेकी थिइन् ।

सदरमुकामस्थित एक उद्योगमा काम गर्दै आएकी ती युवतीलाई ५ महिना पहिला थापाले दबाब दिएर जागिरबाट पनि छुटाएका थिए । अहिले भने ती युवती सम्पर्कमा आउन चाहेकी छैनन् । नियमित बस्ने डेरामा समेत आउन छाडेको छिमेकीले बताए । अधिकारकर्मीले खोजी गर्दापनि उनी कोठा छाडेर अन्यत्रै बस्न थालेकी हुन् । थापा स्वयंले ताराखोलाकी ती युवतीसँग विवाह गरेको स्विकारेका छन् । उनले युवतीको माइती पक्षलाइ विवाह स्विकार्न दवाव दिएका छन् । उनले जेठी पत्नीसँग सम्बन्धविच्छेद गरेर कान्छीसँग विवाह सम्बन्ध गाँस्ने गरी माइती पक्षमा सहमति गरेको समेत दाबी गरे । ‘यो हामी दुई परिवारको सहमतिको कुरा हो, कसैले चासो नराखे हुन्छ’ थापाले भने, ‘कानुनी समस्या परेमा जेठीलाई सम्बन्धविच्छेद गरिदिन्छु ।’ थापा सोझै सम्पर्कमा आउन नचाहेपछि चिनेजानेकाबाट फोन सम्पर्कमा आएका थिए ।

थापाको क्रियाकलापले युवतीको जीवन बर्बाद भएको अभिभावकले गुनासो गरे । ‘वडाध्यक्ष भएर अरु पीडितलाई न्याय दिनुपर्नेमा हामीलाई पीडा दिए,’ युवतीकी आमाले भनिन्, ‘समाजमा मुखै देखाउन नसक्ने अवस्थाले कसैसँग बोल्न पनि सकेका छैनौं ।’ उनले छोरीलाई केही नबोल्ने बनाएको समेत आरोप लगाइन् । ‘सुरु सुरुमा छोरी रोएर यस्तो भयो भन्थी, अहिले त सबै ठीक छ भन्न थालेकी छे, घरमा पनि आएकी छैन,’ उनले भनिन्, ‘एकाएक कसरी ठीक भयो बुझ्न सकेका छैनौं ।’

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले नगरपालिकामा उनीविरुद्ध उजुरी नआएको बताए । ‘चारित्रिक रूपमा समस्या भएको कुरा त पहिला देखि थाहा थियो, तर पछिल्लो विवाह गरेको नै भनेर स्वीकारेको थाहा थिएन,’ पुनले भने, ‘तुरुन्तै यो विषयमा अध्ययन गरेर आवश्यक कारबाही थाल्छु ।’ बेलाबेला वडामा अनुपस्थित भएको कुरा आए पनि विवाह गरेर हिँडेको विषय नखुल्दा कारबाही गर्न नसकेको उनले बताए । केही समयदेखि कार्यालयमा समेत नआउने कारणले सेवाग्राही समेत मर्कामा परेको गुनासो आएको थियो । उनी प्राय: पालिकाभन्दा बाहिर बस्ने गरेका छन् । पत्नी गीताले पनि केही समयदेखि श्रीमान् घरमा नआएको बताइन् ।

महिला अधिकारकर्मीले यो गम्भीर अपराध भएको बताएका छन् । कान्छी पत्नीसँग सम्बन्ध जोड्न छोराछोरीकी आमालाई जबरजस्ती सम्बन्धविच्छेद गराउन नपाइने समेत अधिकारकर्मीले बताए । ‘यो गम्भीर विषय हो, कसैको जीवनमा खेलबाड गर्ने अधिकार छैन,’ अधिकारकर्मी लक्ष्मी बाँस्कोटाले भनिन्, ‘सार्वजनिक पद धारण गरेर बस्ने, जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’ डरधम्कीमा पारेर गरिएका क्रियाकलाप सहमति जस्तो देखिएपनि अपराध नै भएको उनले बताइन् । यसअघि पनि थापा राजनीतिक कारबाहीमा परेका थिए ।

एमाले अध्यक्ष हिराबहादुर केसीले घटना विचित्रको भएको बताए । ‘यो वास्तविकता हो भने कारबाहीको दायरामा आउनैपर्छ,’ केसीले भने, ‘कानुनको बर्खिलाप हुने काम कसैले पनि गर्न पाइँदैन ।’ पार्टीबाट पनि आफ्नै अनुसन्धान हुने उनले बताए ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.