• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

विद्यार्थी खाेला तर्दै स्कुल, सडक नै नभएको ठाउँमा पक्की पुल


गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय माविका विद्यार्थी खारखोलामा पुल नहुँदा हेलिँदै विद्यालय जान बाध्य छन्। बर्खाको सिजनमा वर्षौँदेखि यो समस्या उस्तै छ तर पक्की पुल बनाउन कसैले चासो दिएनन्।

पुल नहुँदाको सास्ती एकातिर छ भने गोरखाकै दरौँदी नदीमाथि सडक नै नभएको ठाउँमा दुईवटा पक्की पुल बनेको छ। गोरखा नगरपालिका ३ र सिरानचोक गाउँपालिका ६ जोड्ने गरी बनाइएको पक्की पुलको गोरखातर्फ भिर छ भने सिरानचोक तर्फ खेत रोपिएको छ।

यस्तै गोरखा नगरपालिका १२ र पालुङटार नगरपालिका ९ जोड्ने गरी निर्माण भएको पक्की पुलमा पनि सडक जोडिएको छैन। पालुङटारतर्फ छ सय मिटर सडक खोल्न बाँकी छ। त्यो पुलको दशकिलोतर्फ पक्की सडक भने पालुङटारतर्फ रोपो हरियो भईसेको छ।

गोरखा नगरपालिका र सिरानचोक जोड्ने गरी सडक नै नभएको ठाउँमा पुल निर्माण भएको भन्दै स्थानीय आश्चर्य मान्छन्। पुल निर्माणका क्रममा दरौँदी नदीको तिरैतिर निर्माण सामग्री ढुवानी गरिएको थियो। खारखोलाका विद्यार्थी पुल नहुँदा दैनिक हेलिएर स्कुल जानुपर्ने र सडक नै नभएको ठाउँमा पुल निर्माण भएको विषय सामाजिक सञ्जालमा भाईरल बनेको छ।

पाँच करोड ३९ लाख ८० हजारको लागतमा तत्कालिन गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतको पहलमा उक्त पुल निर्माण सुरु भएको हो। मन्त्री बस्नेतको गाउँ गोरखा नगरपालिका ३ नारेश्वर हो। ‘पहिलो रोड बनाउनुपथ्र्यो, पुल सम्म सडक लैजान जग्गाधनीले खेत दिन्नौँ भनेका छन् अब कसरी बन्छ बाटो’ स्थानीय सिताराम सुनारले भने। स्थानीय सँगको छलफल बिना मन्त्रीले आफ्नो ठाउँ जाने बाटो पारेर पुल बनाएको गुनासो उनीहरुको छ।

५० मिटर लामो बनेको उक्त पुल निर्माणको अन्तिम चरणमा छ। एचटिसी, गोसाईकुण्ड, आईएस निर्माण जेभीले २०७७ जेठ १३ गते पुल निर्माणको सम्झौता गरेको हो। २०७९ जेठ भित्र सम्पन्न गर्नुपर्ने पुल निर्माण अझै बाँकी रहेको पूर्वाधार बिकास कार्यालयका प्रमुख ओमराज ढुङगानाले भने।

पुलको दुबैतर्फ कच्ची सडकको ट्रयाक समेत छैन। सडक नभएको ठाउँमा बनाइएको पुल अर्थहिन भएको, पहुँचका आधारमा बजेट हालिएको आरोप स्थानीयको छ। सरकारी सम्पत्ती खेर गएको स्थानीय गणेशकुमार नगरकोटी बताउँछन्।

पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले गोरखा तर्फ दुई सय मिटर र सिरानचोक तर्फ एक सय मिटर सडक ट्याक खोलेसँगै सडकले पुल जोडिने बताए। ‘बर्खामा यो बाटो चल्न संभव छैन, हिउँदमा भने चल्छ, यसले गोरखा बजार सम्म आउने सडक छ किलोमिटर छोट्याउनेछ’ उनले भने ‘स्थानीय किसानलाई पनि थप सजिलो हुन्छ।’ पुल छेउमा जग्गा भएकालाई मुआब्जा दिने नीति नहुँदा सडकले पुल जोड्न समस्या भएको उनले बताए। ‘मुआब्जा दिने प्रावधान भएको भए पुल सम्म सडकको समस्या हुँदैन थियो, स्थानीयले मुआब्जाको माग गरेका छन्’ ढुङ्गानाले भने।

यस्तै दरौँदी नदीमाथिको गोरखा नगरपालिका १२ र पालुङटार नगरपालिका ९ जोड्ने गरी बनेको पुललाई पनि सडकले जोडेको छैन। छ सय मिटर खेतमा बाटो ल्याउन स्थानीय राजी छैनन्। बाटोको योजना बिना साँढे चार करोडको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। बिर्दीबाट आएको सडक पुल हुँदै दशकिलो जोड्ने योजना रहेको पूर्वाधार बिकास कार्यालयका प्रमुख ओमराज ढुङ्गाना बताउँछन्।

त्यो पुल ८० मिटर लम्बाईको हो। ‘किसानको सिम खेत छ, त्यहाँ बाटो ल्याउने विषयमा सहमती भएको छैन, पुल निर्माणको काम भने करिब ९० प्रतिशत सकियो’ उनले भने ‘केही थप कामको लागि मन्त्रालयमा पत्राचार गरेका छौँ।’

यो पुल निर्माणको जिम्मा ईलाईट एड्भेन्चर धनथान जेभीले लिएको हो। २०७३÷७४ देखि सुरु भएको पुल निर्माण स्टेमेट बदल्नु परेपछि दुई वर्ष ढिला गरी सुरु भएको थियो। पुल निर्माण अन्तिम चरणमा रहेको कम्पनीलका संचालक प्रकाशराज पौडेलले बताए। ८० मिटर लम्बाईको उक्त पुलले पालुङटार तर्फ पुरै खोला पार गरेको छैन। खोला भन्दा पुल छोटो देखिन्छ। ‘दुबैतर्फ बाटो खुलेको भए सजिलो हुन्थ्यो, एकतर्फ बाटो नै छैन’ उनले भने।

यी दुबै पुल निर्माणको अन्तिम चरणमा रहेको तर सडक निकास नहुँदा राज्यको लगानी प्रयोगहिन हुने खतरा बढेको छ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.