• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

मकै पोलेर बितेका २१ वर्ष !


काठमाण्डौ – काठमाण्डौ कालोपुलको उकालो लाग्दै गर्दा दायाँ मोडिएपछि आइपुग्छ सिफल । सिफलबाट जयबागेश्वरी जाने बाटोमा रहेको पिपलको रुखको फेदमा बसेर गएको २१ वर्षदेखि हरियो मकै पोलिरहनु भएको छ काभ्रे घर भइ सिफल बस्दै आउनु भएकी सीता चौलागाईँ।

अहिले पिपलको रुख वरिपरि टायल टाँस्ने काम भइरहेकाले रुखभन्दा ८/१० फिट दक्षिणमा सरेको छ उहाँको पसल । ४०/५० घोगा हरियो मकै, फलामको कराई, कराईमाथि लिस्टीका दाउरा, दाउरामाथि ५/६ घोगा मकै अट्ने फलामको लामो ओदान । आगोलाई हावाले नहानोस् भन्नका लागि एउटा थोत्रो जस्ता, केही दाउरा, एउटा छाता, ५/६ बोतल मिनरल वाटर, नुनखुर्सानी राखेको प्लाष्टिकका बोतल । यही हो उहाँको सिङ्गै पसल ।

५६ वर्षीय चौलागाईँको एक छोरा तथा एक छोरी हुनुहुन्छ । श्रीमानको निधन भएको एक वर्ष भयो । श्रीमान् पहिले गाडामा फलफूल बेच्नुहुन्थ्यो । उहाँ भने मकै । यही गाडाको फलफूल र मकैले उहाँहरुको परिवार पालिएको थियो । छोराछोरी पढाउन तथा छोरीको बिहेसमेत यही गाडाको कमाइले भएको हो ।

अहिले भने कोठामा छोरा र उहाँमात्रै हुनुहुन्छ । कोठा भाडा १५ हजार रुपैयाँ छ । दुई जना मात्र खाने हुँदा खानामा खासै पैसा नलाग्ने बताउँदै चाैलागाईँ भन्नुहुन्छ, ‘मकै पोलेको पैसाले अहिले दुई जनालाई खाना खर्च पुग्छ।’

उहाँको हर्नियाको अपरेशन भएको दुई महिना भयो । निको भएर उहाँले अहिले मकै पोल्न थालेको एक महिना मात्र भयो । कराईमा बल्दै गरेको दाउरालाई चिम्टाले झार्दै भन्नुहुन्छ, ‘लोग्नेमान्छेलाई मात्र हर्निया हुन्छ भन्ने सुनेको थिएँ । आफैँलाई भएर अपरेशन गर्नुपर्यो ।’

उहाँ दैनिक ५०/५५ घोगा मकै पोल्न ल्याउनुहुन्छ । १५ रुपैयाँ घोगामा किनेर ल्याउने मकै पोलेर ३० रुपैयाँमा बेच्ने उहाँको दैनिक कमाइ करिब ५ सय रुपैयाँ हुन्छ । मकै पोल्न दाउरा झण्डै १० किलो लाग्छ । एक किलो दाउराको २२ रुपैयाँ पर्छ । ‘पोल्न त गोलमा पोल्दा सस्तो हुन्थ्यो । तर, पशुपतिको लाश जलाएको गोल भनेर मान्छेले खानै मान्दैनन’ उहाँ हाँस्दै भन्नुहुन्छ, ‘दाउरा देखी देखी त पशुपतिको गोल हो भनेर सोध्छन् ।’

पशुपतिको गोल उहाँहरुलाई दिँदैन । आफैँ पनि खाने हुनाले उहाँ पशुपतिबाट गोल ल्याउनुहुन्न । उहाँ भन्नुहुन्छ, ‘पशुपतिबाट ल्याउने त कुरै भएन नि । पाप पनि लाग्छ ।’ मकै भने उहाँ गोपीकृष्ण हल नजिकैबाट बोरामा हालेर गाडीमा राखेर ल्याउनुहुन्छ । एक बोराको ५० रुपैयाँ भाडा लिन्छ गाडीले । त्यहाँ भने मकै काभ्रेबाट आउँछ । तर, अहिले मकैको समय भएकोले वरिपरिबाट पनि आउँछ । काभ्रेबाट नआउँदा भने मकै चितवनबाट आउँछ ।

उहाँहरु २०५३ सालमा काठमाण्डौ आउनु भएको हो । २०५५ सालमा छोरीको जन्म भयो । अनि २०५८ सालबाट उहाँले मकै पोल्न थाल्नु भएको हो । सडकमा पसल राख्न नपाइने सन्दर्भमा उहाँको आफ्नै तर्क छ, ‘ज्यामी काम गर्न जान सकिन्न । अर्को काम पनि छैन । यो भनेको बाध्यता हो । दिनभरि घरमा पनि के गरेर बस्नु।’

उहाँ मकै पोल्न प्रायः दिउँसो १ बजेदेखि बस्नुहुन्छ । नगर प्रहरीले उहाँलाई पसल नराख्न पटक पटक भनेको छ । उहाँको गाडासमेत ३ पटक लगिसकेको छ नगर प्रहरीले । एउटा गाडाको उहाँले २० हजार रुपैयाँ तिर्नु भएको हो । अरु दुई वटा भने १२ हजार रुपैयाँ र १५ हजार रुपैयाँ तिरेर किन्नु भएको हो । नगर प्रहरीले गाडा लैजाने कारणले उहाँले अहिले त्यसै भुँइमै पसल राख्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘गाडा लगेपछि फिर्ता दिँदैनन् । यहाँ पनि नराख् भनेका छन् ।’

उहाँलाई नगरपालिकाले बरु व्यवस्थित तरिकाले राख्न दिए हुन्थ्यो भन्ने लाग्छ । त्यसका लागि केही पैसा तिर्न पनि राजी देखिनुहुन्छ उहाँ । ‘राम्रोसँग बस्न दिए पैसा पनि ५ सय रुपैयाँसम्म दिनहुन्थ्यो । गाली गर्ने, उठाउने त हुन्थेन’ चाैलागाईँ भन्नुहुन्छ, ‘गाडा किनेर उठाउँदैन भने हामी महिनाको ५ सय रुपैयाँ तिर्ने हो ।’

सामान्यतया उहाँ दिनमा ४०/५० घोगा मकै बेच्नुहुन्छ । कहिलेकाहीँ चाँडै सकियो भने पनि फेरि मकै लिन भने जाने गर्नुहुन्न उहाँ । ‘फेरि लिन गएर कहिले ल्याएर अनि कहिले पोलेर बेच्नु,’ उहाँ भन्नुहुन्छ ।

उहाँको छोरा जागिर गर्नुहुन्छ । छोरीको बिहे भइसक्यो । छोरा छोरी आफ्नो लाइनमा लागि सकेका छन् । अब त सडकमा व्यापार नगरे पनि होला नि भन्दा उहाँको जवाफ छ, ‘छोराको कमाइले मात्र पुग्दैन । सकेसम्म जीउ चलेसम्म आफैँले काम गर्नुपर्छ । अरुसँग सय रुपैयाँ भने पनि माग्न त पर्दैन।’

मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.