दाङ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् ।
साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्याएका थिए । त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए ।घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।



