• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

पशुपतिमा बला’त्कार आरोपी ”सिद्धबाबा”को पुराणमा भीआईपी


काठमाडौं: सिद्धबाबा भनेर चिनिने बला’त्कार मुद्दाका अभियुक्त कृष्णबहादुर गिरीले काठमाडौँको पशुपतिनाथ क्षेत्रभित्र नौ दिने महायज्ञको आयोजना गरेर हाइहाई भइरहेका छन् भने यता सुनसरी जिल्ला अदालतमा गिरीको बला’त्कार मुद्दा विचाराधीन नै छ ।

साउन महिनाभरि हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको आराधना गर्ने भएकाले तिनै भक्तजनहरु भेला हुने पशुपतिनाथ क्षेत्रमा कृष्णदासको महायज्ञ चलिरहेको छ । अघिल्लो महिना मात्र विराटनगरको उच्च अदालतले बलात्कारका अभियुक्त सिद्धबाबाको फैसला न्यायपूर्ण नभएकाले सुरु अदालत सुनसरी जिल्ला अदालतबाटै हुनुपर्ने ठहर गरी मुद्दा जिल्लामै पठाइदिएपछि गिरी हिरासतबाहिर आएका थिए ।

तर, यतिबेला उनी आफ्नै मुद्दामा चिन्तित हुनुपर्नेमा आफ्नै अनुयायीमाथि बला’त्कार गरेको आरोप लागेका गिरीको महायज्ञमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, महान्यायाधिवक्ता खम्बबहादुर खाति, श्रममन्त्री शेरबहादुर कुँवर लगायतक सुरक्षा निकायका विशिष्ट श्रेणीका व्यक्तिहरु सिद्धबाबाकै चरणमा लम्पसार हुन पुगेका छन् ।

अनिरुद्र महायज्ञ नाम दिइएको यो यज्ञ ९ दिनसम्म चल्ने बताइएको छ । बलात्कारको आरोपमा प्रारम्भिक सुनुवाइ भएको सुनसरी जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका गिरी उच्च अदालतले उक्त फैसला बदर गरिदिएपछि हिरासतमा थिए । पछि फेरि गत जेठ ३ गते भएको उच्च अदालत विराटनगरको फैसलापछि अदालतले सुनसरी जिल्ला अदालततिरै मुद्दा फिर्ता पठाइदिएपछि उनी कारागारमा नभई बाहिरै बसेर मुद्दा लडिरहेका छन् ।

उच्च अदालत विराटनगरले गिरीको मुद्दामा २०७७ मंसिर २२ गते सुनसरी जिल्ला अदालतले गरेको फैसला फौजदारी कार्यविधि संहिताविपरीत रहेको भन्दै बदर गरिदिएको थियो । पीडितलाई म्यासेज गर्न प्रयोग गरिएको मोबाइल नम्बर सिद्धबाबाको नाममा नभई अर्कै व्यक्तिको नाममा दर्ता भएकोले उक्त मोबाइल धनी लक्ष्मीप्रसाद रिजालसँगको बकपत्रसमेत लिन भन्दै उच्च अदालतले सिद्धवावालाई तारेखमा छोड्नेगरी मुद्दाको मिसिल सुनसरी जिल्ला अदालततर्फ पठाएको हो ।

बला’त्कारका अभियुक्तलाई सरकारले यति ठूलो स्थान दिएर महायज्ञ सञ्चालन गर्न दिनु बलात्कारीको संरक्षण भएको महिला अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् । बला’त्कारका अभियुक्तजस्ता व्यक्तिले लगाएको महायज्ञमा हाइहाई गर्दै देशका मन्त्री तथा कानूनका संरक्षकहरु जानु कानूनी राज्यको उपहास भएको महिला आधारशीला सुनसरीकी अध्यक्ष शुशीला उप्रेती बताउँछिन् ।

बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.