• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ६,३२० जनाले गरे यात्रा, व्यापार भने शून्य

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा वैदेशिक व्यापार ‘शून्य’ भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार यो भन्सार विन्दुबाट अहिलेसम्म व्यापारिक प्रयोजनका सामग्रीको आयात-निर्यात भएको छैन ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका बेला कूटनीतिक छुटमा केही सामान आएका थिए,’ उनले भने, ‘ती सामान फिर्ता पनि भए, ती भन्सार छुटका सामान थिए, अन्य सामानको आयात/निर्यात भएको छैन ।’

विमानस्थल यात्रुको आवतजावत मात्र हुने क्षेत्र नभएर वैदेशिक व्यापार गर्ने थलो पनि हो । तर, सरकारले विमानस्थलको उचित प्रवर्द्धन गर्न नसक्दा अझै पनि व्यापारीहरु यहाँ आकर्षित भइसकेका छैनन् ।

त्यसो त अहिले यो विमानस्थलमा जजिरा एयरवेजले मात्र उडान गरिरहेको छ । यो कम्पनीले साताको तीन उडान गर्छ । जजिराले कतारको दोहाबाट कुवेत हुँदै भैरहवामा उडान गर्छ । यस रुटमा वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने यात्रुको संख्या अधिक रहेका कारण वैदेशिक व्यापारसँग सम्बन्धित वस्तुको व्यापार हुन नसकेको हो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वैदेशिक व्यापारको मुख्य बिन्दु मध्ये एक हो । आर्थिक वर्ष २०७८/७९ को जेठसम्म यो विमानस्थलबाट १ खर्ब ९२ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १०.९४ प्रतिशत हो । भन्सार बिन्दुमध्ये सबैभन्दा धेरै आयात वीरगञ्जबाट हुन्छ । यस भन्सार बिन्दुबाट कुल ३६.३७ प्रतिशत आयात हुन्छ । त्रिभुवन विमानस्थलबाट जेठ मसान्तसम्म २९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको १५.६२ प्रतिशत हो ।

सुन र टिभीबाट २ लाख राजस्व संकलन
त्रिभुवन विमानस्थलमा जस्तै यस विमानस्थलमा समेत यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन ल्याउने क्रम भने देखिएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख ढकालका अनुसार यात्रुले तोकिएको परिमाणभन्दा बढी (भन्सार तिरेर निस्कन सक्ने गरी आएको) सुन र तीन वटा टेलिभिजनबाट २ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

वैदेशिक रोजगारीबाट फर्कंदा ३२ इन्चसम्मको टेलिभिजन ल्याउँदा कुनै शुल्क तिर्नु पर्दैन । तर, त्यो भन्दा बढी क्षमताको टेलिभिजन ल्याउँदा भने भन्सार महसुल तिर्नुपर्छ ।

६,३२० यात्रुले गरे यात्रा
दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय यात्रुको संख्या भने संतोषजनक रहेको छ । १ जेठमा उद्घाटन भएको यो विमानस्थलमा असार मसान्तसम्म ६३२० जना यात्रुले उडान/अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको तथ्यांक अनुसार दुई महिनामा २ हजार ९२३ यात्रु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । नेपालबाट ३ हजार ३९७ जना यात्रु जजिरामार्फत विदेश उडेका छन् ।

सेप्टेम्बरदेखि नयाँ कम्पनी थपिंदै
भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालका अनुसार आगामी सेप्टेम्बरबाट उडान गर्ने गरी विज एयरले अनुमति प्रक्रिया थालेको छ । आबुधावीबाट भैरहवामा साताको तीन उडान गर्ने गरी यो कम्पनीले अनुमति प्रक्रिया थालेको दाहालले जानकारी दिए ।

‘सम्भवतः ३० सेप्टरम्बरदेखि सो कम्पनी भैरहवामा आउँछ,’ उनले भने । भैरहवाबाट उडान सुरु भएपछि वैदेशिक रोजगारीमा खाडी मुलुक जाने यात्रुलाई काठमाडौं आउनु पर्ने बाध्यता हटेको हो ।Onlinekhabar.com बाट

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.