• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कलेजका डिसिप्लिन म्यानेजरले नशालु पदार्थ खुवाएर १९ वर्षीया किशोरीलाई करणी गरेपछि…

विराटनगर,साउन १०-

सुनसरीमा रहेका अभिभावकलाई विराटनगरको एक नर्सिङ कलेजबाट फोन जान्छ– तपाईंकी छोरी दुई महिनादेखि कलेज आएकी छैनन् ।

अभिभावक छक्क पर्छन् । चिन्ता बढ्छ । र, बुवा आफैँ विराटनगर पुग्छन् । छोरीसँग सोधीखोजी गर्छन् । त्यसपछि छोरीले गुम्सिएको पीडा सविस्तार सुनाउँछिन् । “उमेरमा आफूभन्दा धेरै नै जेठा दुई पुरुषले मलाई जर्बजस्ती करणी गर्ने गरेका छन्,” १९ वर्षीया किशोरीले बुवासामु मुख खोलिन्, “भिडियो बनाएको छ, सार्वजनिक गरिदिन्छौँ भन्दै धम्क्याएर जबर्जस्ती करणी गरिरहेका छन् ।”

छोरीको पीडा बुवाका लागि असह्य थियो । कानुनी उपचार खोज्न दुई जनाविरुद्ध प्रहरीमा उजुरी दिए । लगत्तै आरोपित दुई कराते प्रशिक्षक आइतबार पक्राउ परे । पक्राउ परेका विराटनगर–३ का ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय सुरज सुवेदीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत मोरङले प्रहरीले समय दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०६१ सालदेखि राउत र सुवेदीले स्थायी प्रशिक्षकको नियुक्ति पाएका हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्ला र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् । राउत विराटनगरमा जग्गासम्बन्धी कारोबारसमेत गर्छन् ।

“हामीले घटनाका सबै पक्षबारे सुक्ष्म अनुसन्धान सुरु गरिसकेका छौँ,” जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले भने, “थप छिपेका कुराहरू खुल्दै गएका छन् ।” सुरज हेल्थ कलेजको ‘डिसिप्लिन म्यानेजर’ थिए । किशोरी त्यही कलेजकी छात्रा ।

किशोरीले प्रहरीसमक्ष दिएको बयानअनुसार प्रलोभन देखाएर प्रभावित गर्न खोजे । थोरै हिमचिम बढाए । किशोरीको डेरासम्म पुग्न थाले । कहिले भेडेटार त कहिले विराटनगरतिरै घुमाए । सँगै खाना खाए–खुवाए । सम्बन्ध केही कसिलोजस्तै बन्यो । बरगाछीको एक होटलमा किशोरीलाई बियर खुवाए । किशोरीकाअनुसार पछि उनीहरूले शारीरिक सम्बन्धु राख्न अस्वीकार गरे भिडियो सार्वजनिक गरिदिने धम्की दिन थाले । र, उनी आमा बुवाको इज्जत जाने डरले निरीह बनिन् ।

बयानमा उनले भनेकी छन्, सुरजले बियरमा नशालु पदार्थ हालेर खुवायो । पहिले सुरजले शारीरिक सम्बन्ध राख्यो । त्यसपछि उसैले विनोदलाई बोलायो । मलाई थाहा नदिएर भिडियो बनाए । प्रहरीले भने आफूहरूले भिडियो पाउन नसकेको जनाएको छ । तर, अनुसन्धार भइरहेको एसपी कोइरालाले बताए ।

“भिडियो बनाएको भनिएपनि प्रहरीलाई उपलब्ध गराइएको छैन,” एसपी कोइरालाले भने, “त्यसबारे पनि सोधखोज गरिरहेका छौँ । भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याएर विनोदलाई ल्याएर करणी गराएको रहेछ भन्ने छ । अझै अनुसन्धान गर्दैछौँ ।” प्रहरीको महिला सेलमा आफूलाई परेको समस्याबारे किशोरीले बयान दिएकी छन् । प्रहरीले जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी गरेको एसपी कोइरालाले जानकारी दिए ।

मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.